ब्रेकिङ : अटोरिक्सामाथी जेसिबी चलाउदा ३ जनाको मृत्यु ५ घाइते (तस्विर सहित)

  मूलधार पोष्ट  556 पटक हेरिएको

कञ्चनपुर- भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हँुदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुननसकेको जानकारी दिनुभयो ।

उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

रामेछापमा रक्सी पिएर बस चलाउँदा दुर्घटना, दुईको मृत्यु, १३ जना घाइते ।
रामेछाप जिल्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछाप आउँदै गरेको बा २ ख ७२४२ नम्बरको अरनिको यातायात सेवा समितिको बस बिहीबार राति लखनपुरको गुराँसे भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का उद्धव गौतम र हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरूको बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

गाडी सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको दोरम्बा गाउँपालिका ६ लखनपुरका वडाध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार