मकालु आधारशिविरबाट हराएको हेलिकप्टरको अवसेस भेटियो

  पत्रपत्रिका खबर  430 पटक हेरिएको

काठमाडाैं-२०५९ जेठ १७ गते । मकालु आधारशिविरबाट ६ जना भरिया लिएर फर्कंदै गरेको चार्ली युनिफर्म हेलिकप्टर बिहान १० बजेतिर अचानक बेपत्ता भयो । सुरक्षा टोलीले मकालु क्षेत्रका हिमाली खोचहरूमा खोज्नुसम्म खोज्यो । चार्ली युनिफर्म हेलिकप्टर खसेको भनिएको स्थानभन्दा केही तल भेटिएको तारको गुजुल्टो । न हेलिकप्टर भेटियो न त त्यसमा सवार यात्रु । चार महिनासम्म केही पत्तो नलागेपछि नागरिक उड्डयन मन्त्रालयले हेलिकप्टर दुर्घटना भएको निचोडनिकाल्यो । खोजी बन्द भयो ।

तस्विर कान्तिपुर दैनिकबाट ।

रेस्क्यु फ्लाइटको उक्त हेलिकप्टरमा सोलुखुम्बुका वाङछु शेर्पा, निमादोर्जी तामाङ, प्रकाश कार्की, सिन्धुपाल्चोकका कर्मा तामाङ, ओखलढुंगाका प्रमोद सुनुवार, ताप्लेजुङका सार्की शेर्पा सवार थिए । चार सदस्यीय चालक दलमा क्याप्टेन रसियन ग्रेभिनिकोभ, कोपाइलट सोलुखुम्बुका सोनाम टासी शेर्पा, फ्लाइट इन्जिनियर रसियन नागरिक ए गुमार र फ्लाइट एटेन्डेन्ट डी अमात्य थिए । १७ वर्षपछि आएर सोलुखुम्बुका एक युवाले उक्त रसियन एमआई १७ हेलिकप्टरको अवशेष भेटेका छन् । महाकुलुङ गाउँपालिका–३, छेस्कामका चतुर कुलुङ राईले मकालु–बरुण राष्ट्रिय निकुञ्जनजिकै करिब ५ हजार मिटर उचाइलाई दुर्घटनास्थल दाबी गरेका छन् ।

उनका अनुसार हेलिकप्टर खसेकै स्थानमा पुग्न नसके पनि प्रमाणका लागि हेलिकप्टरको अवशेषका रूपमा करिब सय किलो हाराहारी तारको गुजुल्टो फेला परेको छ, जसमा रसियन अक्षर अंकित छन् । कुलुङले ‘वातेल्मा पिक’ छेउबाट बगेर आएका दुइटा हिमनदीको मुनिपट्टि पाखामा तार भेटेका हुन् । उक्त तार वातेल्मा खोलाले बगाएर ल्याएको अनुमान गर्दै उनले त्यही पिक नजिकैको खोचमा हेलिकप्टरखसेको दाबी गरेका छन् ।

‘मकालु आधारशिविरबाट सोलुतर्फ लाग्नेबित्तिकै दुइटा ठूला पिक छन् । एउटा अग्लो छ, अर्को अलि होचो,’ उनले भने, ‘ती दुइटा पिकको खोचमा हेलिकप्टर खसेको छ । त्यही खोचबाट आएको हिमनदीले तार बगाएर ल्याएको देखिन्छ ।’ कुलुङका अनुसार उनले यसअघि मेरापिक जाने पदमार्ग निर्माणका क्रममा हेलिकप्टरका अन्य स–साना भाग बगेर आएको देखेका थिए । सोही आधारमा हेलिकप्टर त्यहीं खसेको अनुमानसहित खोजीमा निस्केका हुन् ।

घटनास्थल दाबी गरिएको स्थान अत्यन्त दुर्गम छ । छेउछाउ बस्ती छैन । कुलुङ गाउँकै ज्ञानबहादुर कुलुङ, निश्चल कुलुङ र पदमबहादुर कुलुङलाई सहयोगी लिएर गएका हुन् । उनीहरू महाकुलुङको छेस्कामबाट पाँच दिन पैदल यात्रापछि त्यहाँ पुगेका हुन् । जेठ ९ गते घटनास्थल पुगेर १४गते गाउँ आइपुगेको राईले बताए । गत चैतमा कान्तिपुरको कोसेलीमा प्रकाशित ‘कहाँ हरायो चार्ली युनिफर्म ?’ लेख पढेपछि उनलाई खोज्न जाने हुटहुटी लागेको रहेछ । ‘मेरा दाजु भेडा चराउन निकै माथि हिमालका काखहरूमा पुग्नुहुन्थ्यो । त्यही क्रममा वातेल्मा पिकनजिकै पुग्दा फलामका ठूला टुक्रा, तारहरू भेटेको सुनाउनुहुन्थ्यो,’ कुलुङले भने, ‘कान्तिपुरको लेख पढेपछि उहाँका कुरा सम्झिएँ र त्यो पक्कै चार्ली युनिफर्मकै अवशेष हुनुपर्छ भन्ने लागेर खोज्न निस्किएको हुँ ।’

कुलुङ टोली ज्यानको बाजी राखेर अक्करे भीर छिचोल्दै त्यहाँ पुगेको थियो । उनले प्रमाणका लागि अवशेषको तस्बिर, भिडियो र तार लिएर आएका छन् । हेलिकप्टर बेपत्ता भएको समयमा पत्ता लगाउनेलाई २ लाख रुपैयाँ पुरस्कार दिनेआह्वान गरिएको थियो । सोही सूचनालाई आधार मानेर हेलिकप्टर कम्पनीका मालिकलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया नपाएको कुलुङले बताए । अब नागरिक उड्डयन प्राधिकरणलाई औपचारिक रूपमा जानकारी गराउने उनको तयारी रहेको समाचार कान्तिपुर दैनिकको अनलाइनबाट लिइएको हो ।

छुटाउनु भयो की ? यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन ।

इटहरीका मेयर द्वारिकलाल चौधरी ले काठमाडौ को एक अनलाइन टिभी सग कुरा गर्दै भुमाफिया ,खानेपानी भित्रको भ्रस्टाचारि राम प्रसाद चौलागाईं सग मिलेर कसैको चरित्र हत्या गर्ने ,पुर्वाग्रह राखेर पित पत्रकारिता गर्ने तल्लो स्तरका भ्रस्ट पत्रुकारको मात्र आफुले आलोचना गरेको भन्दै यस्तै भ्रष्ट को सुचना लिएर पत्रकार रबिलामिछाने ले पनि बिगतमा इटहरी नगरपालिका को विषयमा हचुवाको भरमै समाचार प्रवाह गरेकोकारण आफुले उस्को कारेक्रम मा त्यस्तो जवाफ दिएको पनि बताएका छन ।

बिकास र समृद्धिमा असल सञ्चारकर्मी को साथ जरुरी रहेको हन्दै आफुले गरेको पित पत्रकारको चरित्र र पाख्न्ड पत्रुकारको बिरोध गर्दा इमान्दार सञ्चार जगतलाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमा प्रार्थी रहेको भन्दै भ्रस्टाचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरुलाइ जनताका बिचमा मोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन । पार्टी सग मेयर पदको दाबेदारी गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टी ले मेयर को टिकटनदिए र द्वारिकलाल चौधरीलाई मेयरको टिकट दिए पछि आक्रोसित बनेका राम प्रसाद चौलागाईं मेयरको चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक बर्स देखि अनेकौ षड्यन्त्र गर्दै आएका छन ।

केहि दिन अगाडी द्वारिकलाल चौधरी बस्ने घर पुग्दा निक्कै पुरानो जस्ताले छाएको घरमा बसोबास गरेको पाइयो । गाई गोठसंगै रहेको सपरिवार चौधरी बस्दै आएका छन । तर त्यो अन्तर्वार्ताको भिडियो हेरेपछि दारिकलाल चौधरीको इटहरीमा अर्को पनि घर भएको खुलासा भयो । र यस बारेमा मेयरलाई सोध्दा इटहरीको दुई तले पक्कि घर पनि आफ्नो भएको स्वीकारेका छन । तर त्यो उनले बनाएको नभएर आफ्नै बुवाले बनाएका हुन् । र त्यो सबै उनको पैत्रिक सम्पति हो । साझा पेज बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार