खोलाले बगाएर विपना भुसाल बेपत्ता

  मूलधार पोष्ट  364 पटक हेरिएको

धादिङ-जानकारीविनै ड्याम खोलेपछि खोलाले बगाउँदा दाङकी एक छात्रा बेपत्ता भएकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार नुहाउन भनी गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ देउखुरी राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी लेखनाथ भुसालकी १९ वर्षीया छोरी विपना भुसाललाई आँखु खोलाले बगाएर बेपत्ता भएकी छिन् ।

काठमाडौँ स्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी प्राक्टिकलका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी थिईन् । आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए । जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए ।

पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।

छुटाउनुभयो की : दरबार हत्याकाण्ड- १८ वर्ष पूरा, अनुसन्धान अझै गुपचुप ।
जेठ १९ गते । दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा रातको सवा नौ बजे अकस्मात गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।

त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।

राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना हुनुमा पर्दाअगाडि र पछाडि ककस्को भूमिका थियो ? कस्को उक्साहटमा तत्कालीन युवराज दीपेन्द्र आफ्नै परिवारमाथि गोली प्रहार गर्ने निचोडमा पुगे ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले नियन्त्रणको प्रयास किन गरेनन् ? लगायतका जिज्ञाशा अझै ज्यूँका त्यूँ छन् । पूर्वप्रधानमन्त्रीहरूले हत्याकाण्डको रहस्यका बारेमा पुनः अनुसन्धान गर्ने घोषणा गरेका भए पनि अनुसन्धानको फाइल खोल्ने प्रयास कसैबाट हुनसकेको छैन । घटना छानबिन गर्न गठित समितिको निचोडप्रति इतिहासका प्राध्यापक पनि विश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले यस घटनालाई ‘रहस्यमय’ विश्लेषण र अध्यापन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार