सुत्नेसमयमा भोली जेठ ३१ गतेको राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  941 पटक हेरिएको

राशिफल भन्दा पहिले यो अनिवार्य पढ्नुहोला । सहजरुपमा छोएर, देखेर, अनुभव गरेर, सुनेर र सुँघेर तत्तत् अनुरुपको अनुभवका लागि मस्तिष्कले तत्तत् अनुरुपको फरक छुट्याउँदछ भने मगजले चेतन भएर काम गरेको हुन्छ, जुन जुन समयमा मस्तिष्कलाई मानिसको निर्णय क्षमताले पनि प्रभाव पारेको अवस्था हुन्छ, त्यो नै सचेत वा चेततन अवस्था हुनसक्छ । यो चेतन अवस्थाको कारणले मानिस आफ्नो स्वभावले समाजमा छुट्टाछुट्टै प्रभाव र असर बनाउने गर्दछ । तसर्थ उ, अन्य प्रणीभन्दा छुट्टै र विशिष्ट प्रकारको बनेको हो । ज्ञान,विज्ञान, बुद्धि, विवेक, दर्शन आदि इत्यादि सबै चेतन अवस्थाका परिणाम हुन यसर्थ चेतन अवस्थामा मानिसले नै तर्क, कुविचार, मुर्खतादेखि नाटकिय क्रिया -कलापसम्म मानिस यहि चेतना मनको आधार लिएर शरीर चलाई रहेको हुन्छ । र त्यहि शरीरको विभिन्न अलंकार लिएर जीवन सहज बनाउने प्रयास गर्दछ । व्यक्तिको व्यक्तिगत छनोट र निर्णय, पनि यहि चेतन अवस्थाले गर्ने गर्दछ ।

अवचेतन अवस्थाको एउटा यस्तो प्रकृतिक र धुर्वसत्य अवस्था हो । जुन ऐनामा अनुहार हेरे जस्तो स्पष्ट देखाइरहेको हुन्छ । आफ्नो छवि हरेक पल क्षण, पलपलमा, मानिसको अवचेतन अवस्थालाई चिन्नु भनेको व्यक्तिको वास्तविक रुप हो जसले आफ्नो वास्तविकतालाई स्पष्ट परिरहेको हुन्छ । तर जुन व्यक्तिले आफ्नो अवचेतन अवस्थाको प्रस्तुति गर्दछ, उसलाई त्यो छनक नहुन सक्छ । त्यसैले एउटा अंग्रेजीमा उखान छ । “Action skeaks fastwer then words” मानिसले चेतना भएर नाटक गर्दछ तर अवचेतनले नाटक दर्शाउँदै उस्को प्राकृतिक गुण दर्शाउँछ । मानिसको अवचेतन अवस्थालाई सामान्यतया मनोविज्ञान पनि भन्ने गरिन्छ । मनको विज्ञान र प्राकृतिक गुणको प्रदर्शनीमा सामान्य भिन्नता नदेखिए पनि मुलभुत रुपमा केहि भिन्नताहरु नभएको भने होइन । मनोविज्ञानले मनोवृतिबाट उत्पन्न भएका समस्याहरुको मुल पत्तालगाई त्यसलाई निराकरणको परामर्श दिन रहन्छ अवचेतन मनको अध्यायनमा उस्को आफुले तत्कालको वा भुतमा सिर्जना भएको यस भौतिक जगतले दिइएको कलात्मकबाहेक प्रकृतिक रुपमा व्यक्तिमा विधामान गुणको पहिचान गर्ने –गराउने काम अवचेतन मनले गर्ने गर्दछ । मानिसमा वा कुनै पनि सचेतनायुक्त प्राणीमा अनुभव, देख्ने क्षमता, सुन्ने क्षमता, बोल्ने क्षमता, र स्वाद र सुँघ्ने क्षमताको तत्कालीन वा अल्पकालीन वा दिर्घकालीन अवस्थामा विनास हुनु अचेतन अवस्था हो । यसलाई बेहोस अवस्था वा मृत्यु वा अवस्था पनि भन्न सकिन्छ ।

मानिसले आफुलाई सचेतन अवस्था हँुदा हुँदै उसले आफ्नो वास्तविकतालाई कसरी उजागर गर्दछ जो स्वयंलाई थाहा हँुदैन र उसले आफ्नो प्रकृतिक गुणको स्पष्टोक्ति गरिरहेको हुन्छ । यदि हामीले निम्न अवस्था र चालढाललाई विचार पु¥यायौं भने हामी मानिसलाई सजिलै चिन्न सक्दछौं । ती हुन् –मानिसको हँसाइ, हेराइ, बसाइ, बोलाइ, उभ्याइ, लियाइ–दियाइ छनौट प्रकृया, आदि इत्यादि । मानिस किन चिन्नु प¥यो ? यो एउटा गम्भीर प्रश्न हो । मानिसले वा हरेक प्राणीले जन्मने वित्तिकै उसले आफ्नो जन्म जननी चिन्ने गर्दछ । त्यसपछि आफ्नो घर परिवार चिन्दछ । साथीभाई संगी चिन्दछ जब उ बाल्यअवस्थामा चिनिएकाले मात्र पुग्दैन उसलाई÷उसले समाजमा भएका मानिसहरुलाई चिन्नु पर्दछ । मानिस जति धेरै चिन्यो उसको उति धेरै सफलताका राज खुल्ने गर्दछ । तसर्थ समाज हुदै राष्ट्र र अन्तराष्ट्रिय चिनजान मानिसको लक्ष्य प्रप्तीको एउटा उद्देश्य प्राप्ति पथ हो ।

मानिसको चिनजान रुपले पनि हुने गर्दछ । उसको नाम, थर, समुदाय र कर्मले पनि चिनिने गर्दछ । तर यी चिनारी सही नहुन पनि सक्दछन् । जीवनमा उपयुक्त नहुन पनि सक्दछन् । बोलीले मानिसलाई चिन्दा उसको हृदय र सोचको कुराको सञ्चार नहुन पनि सक्दछ । तसर्थ मानिसलाई सही मानेमा चिन्नु जीवनलाई सफलतातर्फ उन्मुख गर्नु हो । हामी आफ्नो विधालयमा पढ्दा उपयुक्त सहपाठी चिन्नु पर्दछ । कार्यालयमा काम गर्दा कुन सहकर्मी कुन स्वभावको चिन्नु जरुरी छ । व्यवसायीले कुन ग्राहक कस्तो चिन्नु आवश्यक छ । परीक्षकले कुन परीक्षार्थी कस्तो जान्नु आवश्यक छ । कुन मित्र र कुन ईष्ट कस्तो भनि बुझ्नु आवश्यक छ । यदि मानिसलाई सहि समयमा चिन्न सकिएन भने समयको बर्बादिका साथै भविष्य अन्धकारमय हुन त छदैछ वर्तमानमा पनि विपत्तिको घेराभित्र पर्ने अवश्यभावी छ । तसर्थ समयमै मानिस चिनौं, सफल जीवन बनाऔं । जस्ले जति धेरै मानिसको प्राकृतिक गुण चिन्दछ । उसले नै सचतना अपनाई जोखिम कम गर्दछ । र सफलताको बाटो तिर अग्रसर हुने गर्दछ । भनिन्छ सामान्य मानिसको २ प्रतिशतदेखि ४ प्रतिशत र विशिष्ठ मानिसको १० प्रतिशत सम्म सचेत मस्तिष्कले काम गरेको हुन्छ र बाँकि ९० देखि ९८ प्रतिशतसम्म मस्तिष्क सुषुप्त अवस्थामा रहेको हुन्छ । त्यहि सुषुप्त अवस्थामा रहेको मस्तिष्कको निष्कृयताभित्रको आंशिक हो अवचेतन अवस्थाको प्रदर्शन ।

भोलि मिति २०७६ साल जेठ महिनाको ३१ गते शुक्रबार । अंग्रेजी पात्रोअनुसार २०१९ जुन महिनाको १४ तारिख रहेको छ ।
मेष–प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । बृष– विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

मिथुन– आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । कर्कट –आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

सिंह– पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । कन्– ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।

तुला– इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । बृश्चिक– मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ ।

धनु– श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । मकर– गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कुम्भ–धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । मीन– आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार