बाजुरामा जीप दुर्घटना

  मूलधार पोष्ट  309 पटक हेरिएको

बाजुरा-जिल्लाको बुढीगंगा नगरपालिका बाम्का बजारबाट त्रिबेणी नगरपालिकाको छतारा जाने क्रममा सादाले खोला भन्ने स्थानमा जीप दुर्घटना भएको छ । बिहिबार दिउँसो  से १ ज ५५२ नम्बरको जीप उक्त ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

घाईते हुनेमा त्रिबेणी नगरपालिका–६ छताराका गाडी मालिक नविन खड्का,गाडी चालक नरेन्द्र रावल रहेका छन् भने यात्रुहरुमा चंखे नेपाली उहाँकी श्रीमति रजियाँ नेपाली छोरी सपना नेपाली,महेश्वरी नेपाली,छोरा आयुष नेपाली,सोही वडाकी झंकरी नेपाली रहेको प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

यस्तै घाइते हुनेमा वडा नं.–८ का विजय मिजार, सुनिल नेपाली पनी रहेका छन् । घाईते मध्ये झङ्करी नेपाली र रजियाँ नेपालीको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव ५४ मिटर तल खोलामा खसेको हो । घाईतेको थप उपचारका लागि अहिले अछामको बयालपाटा अस्पताल पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार