यीनै श्रीमती हुन जसले श्रीमाले विदेशमा कमाएको सबै पैंसा कुम्ल्याएर फरार भइन्

  पत्रपत्रिका खबर  515 पटक हेरिएको

बाँकेको जानकी गाउँपालिका वडा नं २ भैयापुरका ससिराम सुनार मलेसियाबाट श्रीमती खोज्न नेपाल आएका छन् । कामको सिलसिलामा मलेसिया पुगेका सुनारको घरमा आमा र श्रीमती सँगै बस्दै आएका थिए । विदेशमा कमाएको पैसा आमा र श्रीमतीको खर्चको लागि समय समयमा पठाउँदै आएका सुनार २४ वर्षीया श्रीमती नीतु लोनियालाई खोज्न मलेसियाबाट नेपाल आएका हुन् । करिब ६–७ महिनादेखि श्रीमती नीतु सम्पर्क विहीन भएकी सुनारको भनाइ छ ।

२०७२ सालमा जानकी गाउँपालिका बेलभारका नीतुसँग सुनारको विहे भएको भएको थियो । उनले भने, ‘करिब ६–७ महिना भयो, श्रीमतीसँग कुरा नभएको । कहाँ छ रु कस्तो अवस्थामा छ रु कहिले प्रहरी कार्यालय त कहिले शहर– शहरमा खोज्दै हिँडेको छु ।’उनले थपे, ‘विदेश गएको ४ वर्ष भयो श्रीमतीलाई खोज्न भनेर विदामा आएको छु ।’ बेलभारकै राजाराम बर्माले इमो र फेसबुक मार्फत नीतुलाई पोखरामा राखेको जानकारीको आधारमा मलेसियाबाट नेपाल आएको सुनारको भनाइ छ ।

विदेशमा कमाएको पैसा बारम्बार श्रीमतीको विश्वासको आधारमा पठाउँदै आएका सुनारले विवाहमा पनि ४ लाख खर्च गरेको बताएका छन् । सुनारले श्रीमतीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन् । बेलभारका राजाराम बर्मा भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सुनारको बताए ।

छुटाउनुभयो की –बेरोजगारी र गरीबीले उठ्न नसकेको कैलालीको गाैरीगंगा नगरपालिका–९ भगवानपुर गाउँ हाल वैदेशिक रोजगारीले थलिएको छ । घरपरिवारको सुख र समृद्धिको सपना बुनेर वैदेशिक रोजगारीमा गएका युवाहरू आफै विभिन्न समस्यामा फसेर अलपत्र भएका छन् । आफै अलपत्र भएपछि तिनीहरूका परिवारजनको कन्तिबिजोग भएको छ । भगवानपुरका २५ वर्षीय विनोद चौधरी दुई वर्षअगाडि वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका थिए । शुरुवाती दुई महिनासम्म सम्पर्कमा रहेका उनी हालसम्म परिवारको सम्पर्कमा छैनन् । ‘पैसा कमाउन गएको छोरो आफैँ सम्पर्कमा छैन’, विनोदकी आमा तुलारानी चौधरीले भनिन्–‘उसलाई विदेश पठाउँदा लिएको ऋणको भारी थेग्नै नसकिने भयो ।’

विनोद चौधरी नूर अपरचुनिटिज ओभरसिज प्रालिमार्फत् ई चिउ मेटल स्मेल्टिङ एसडिएन बीएचडी भन्ने कम्पनीमा प्रोडक्सन अपरेटर कामका लागि गएका थिए । तर उनको अवस्था अज्ञात बनेपछि उनका परिवारजन चिन्तित बनेका हुन् । मेनपावर कम्पनीका मार्केटिङ अफिसर योगेश योगीले विनोदलाई विदेश पठाउँदाताका आफूले एकलाख ऋण दिएको भन्दै पैसा माग्न आउन थालेपछि उनका परिवारजनलाई वैदेशिक रोजगारी निल्नु न ओकल्नु भएको छ ।’‘विनोदलाई पठाउँदा घरबाट ५० हजार नगद मेनपावरलाई दियाँै, अब त मेनपावरको एजेन्ट योगेशले पनि ५ प्रतिशत ब्याज लिने शर्तमा एक लाख लगानी गरेको भन्दै पैसा माग्दै आएको छ’, विनोदका दाइ सुनिल चौधरीले भने ।

त्यस्तै उनले कम्पनीका मार्केटिङ अफिसर योगीले मुद्दा हाल्छु भनी बराम्बार धम्कीसमेत दिँदै आएको बताए । ‘ऋण दिएको ऊ सँग (योगी) कुनै प्रमाण पनि छैन, तर हामीलाई मुद्दा हाल्ने भन्दै यातना दिँदै आएको छ’, विनोदका दाई सुनिलले भने– ‘तर हामीले हाम्रो भाइसँग सम्पर्क नराएसम्म पैसा नदिने अडानमा छौं ।’गाउँकै प्रदीप चौधरी पनि विनोद भन्दा एक महिना ढिलो मलेसिया पुगे । प्रदीपका बुवा छेदुराम चौधरीले प्रदीपलाई उदृत गर्दै भने, ‘दुवै साथीहरूको भेटघाट हुँदा विनोदले गाजा भाङ खाएर काम गर्न नजाने गरेको बताए । मेनपावर कम्पनीका मार्केटिङ अफिसर योगीले विनोदले सहमति अनुसारकै काम पाएको दाबी गरे । तर दुव्र्यसनीमा लागेकै कारण काम नगरेकोले सहमति अनुसारको पारिश्रमिक नपाएको हुन सक्ने उनको भनाइ छ ।

श्रीमान विदेशमा अलपत्र, श्रीमती अर्कैसँग-भगवानका अर्का यूवा दुतराम चौधरी रोजगारीको क्रममा चार वर्षअगाडि मलेसिया पुगे । गएको कम्पनीसँगको सम्झौता तोड्दै अर्को कम्पनीमा लागेपछि उनी समस्यामा फसेका छन् । उनकी आमा पार्वती चौधरीका अनुसार शुरुको रोजगारदाता कम्पनीमा सम्झौताअनुसार तलब नदिएपछि उनी एक वर्षपछि अर्काे कम्पनीमा काम गर्न गए । त्यो नयाँ कम्पनीले झनै तलब नदिएर रोकेपछि समस्यामा परेका छन् । कम्पनीले पासपोर्ट थुतेर राखेपछि उनी झनै विचल्लीमा परेका छन् ।

उता प्रदेशमा अलपत्र परेकै बेला उनको श्रीमती लक्ष्मी चौधरीले ७ वर्षीय जेठो छोरालाई सासुससुराको जिम्मा लगाएर र अर्को ४ वर्षीय छोरा आफूसँगै लिएर दोस्रो बिहे गरेकी छन् । यता घरपरिवारको बिजोग हुँदासमेत उनी गैरकानूनी कामदार भएकै कारण घर फर्कन सकिरहेका छैनन् । ‘छोरो घर आउन आतुर छ । हामीलाई सम्पर्क गरिरहेको छ, तर कसरी फर्काउने सोच्नै सकिरहेका छैनौं’, उनले भनिन्, ‘विदेश पठाउँदा १० कट्टा जग्गा बेच्यौं ।

अब के बेचेर घर फर्काउने होला ?’
घर फर्किने इच्छा- वैदेशिक रोजगारीका क्रममा कतार पुगेका गौरीगंगा नपा–९ शंकरपुरका ३६ वर्षीय बालाराम भट्टराईको परिस्थिति अलि फरक छ । नौ महिनाअघि कतार पुगेका उनी भनेअनुसारको तलब र खानपानको सुविधा नहुँदा विदेशमै विचल्लीमा परेका छन् ।

उनकी श्रीमती राधिका भट्टराईले भनिन्, ‘रोजगारदाता कम्पनीसँगको सहमतिअनुसार उहाँ एक महिना मात्रै पारिश्रमिक पाउनुभयो । पछि एक महिना त उहाँ भोकभोकै बस्नु भयो । पछि चिनेको साथीको शरणमा पुग्नुभएको छ । उहाँ घर फर्कन चाहनु भएको छ । तर आर्थिक संकटले कसरी फर्काउने होला ?’ गाउँमा व्यवसाय गर्दा लागेको केही ऋण तिर्न भनी उनी बिदेसिएका थिए । तर कमाउन गएको मान्छे आफै समस्यामा परेपछि ऋण निकाल्न बैंकमा राखेको धितो लिलामीमा जान थालेपछि उनको परिवारको बिचल्ली छ । यहाँसम्मकी परिवारकै सदस्यले समेत धोखा दिँदा सडकमा आउने अवस्था आएको राधिकाले दुःख पोखिन् ।

त्यस्तै भगवानपुरका टेकबहादुर नेपालीको परिवारको पनि बिचल्ली भएको छ । ऋण काढेर साढे दुई वर्षअघि मलेसिया गएका उनले तोकिएको पारिश्रमिक पाउन सकेका छैनन् । उनकी श्रीमती खेमा नेपालीका अनुसार उनको तोकिएको तलब ९ सय आरएम थियो । तर पछिल्लो एक वर्षयता तलब नपाएपछि उनी र उनको परिवार आर्थिक संकटमा फसेको छ । बिदेसिएका युवाका परिवारजन आ–आफ्नो मान्छेलाई स्वादेश फिर्ता गराउन प्रयासरत छन् । तर केही कानूनी अड्चन र आर्थिक विपन्नताको कारण नसकेको बताएका छन् । जसका लागि उनीहरू सम्बन्धित निकायसँग सहयोगको याचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार