डिप्रोक्स लघुबित्तले गर्यो जेहेन्दार विद्यार्थीलाई सहयोग

  मूलधार पोष्ट  394 पटक हेरिएको

बाजुरा-डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा बाजुराले जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको गरेको छ । त्रिवेणी नगरपालिका वडा नं ८ झालीमा रहेको नवदुर्गा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुरेश नाथलाई नगद २५ सय सहयोग सहित दोसल्ला सहित सम्मान गरिएको छ ।

कक्षा ७ अध्ययनरत छात्र नाथलाई डिप्रोस लघुवित्त वितिय सस्थाको सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रम अन्तरगत गरिब तथा जेहनदार छात्रवृति वितरण गर्दै आएको छ । विव्यस अध्यक्ष दिनेश सार्कीको अध्यक्षतामा सञ्चाल भएको कार्यक्रममो प्रमुख अतिथिमा प्रमुख अतिथिमा वडा सदस्य सान्त नाथ, विशिष्ट अतिथि डिप्रोस लघुवित्त वितिय बैंक बाजुरा शाखाका प्रबन्धक रामहरी पराजुली, आइडीएस नेपालका प्रेम खनाल, सावित्रा रोकाया, परे नाथ लगाएतको उपस्थित रहेको बताएको छ ।

विद्यालयका शिक्षक हरी थापाले सञ्चालन गर्नुभएको कार्यक्रममको स्वागत मन्तव्य प्रधानाध्यापक जन्मजय बुढाले गर्नुभएको हो भने कार्यक्रमको जानकारी बारे डिप्रोस लघुवित्त वित्तिय बैंक बाजुरा शाखाका प्रबन्धक रामहरी पराजुलीले गर्नुभएको हो । नवदुर्गा आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा सेवा क्षेत्रका अभिभावक, विद्यार्थी लगाएत सय बढीको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार