चट्याङ लागेर एक किशोरीको मृत्यु ३ घाइते

  पत्रपत्रिका खबर  142 पटक हेरिएको

डडेल्धुरा-हावाहुरी सँगै आएको चट्याङ लागेर डडेल्धुरामा एक किशोरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । चट्याङ लागेर जिल्लाको परशुराम नगरपालिका–३, मार्कु बस्ने इश्वर भाटकी १३ वर्षीय छोरी संगीता भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

स्कुल जाने क्रममा बुधबार बिहान चट्याङ लागेर घाइते भएकी भाटको उपचारका लागि जोगबुढा अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको हो । त्यस्तै चट्याङ लागेर ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका प्रहरी निरिक्षक पाण्डेले बताए । घाइते मध्य मीना मृतक संगीताकी दिदी हुन् ।

त्यस्तै बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताएका हुन् ।

गोरखाहरू गतिशील, खुसी, समुन्नत र दुरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा ब्रिगेडमा काम गर्दा उनीहरूसँगको सम्बन्ध विशेष सम्बन्ध भएको बताएको स्मरण गराए । उनले दोस्रो विश्वयुद्धका बेला गोर्खा ब्रिगेडका सबै मुख्य कम्पनीहरूले युद्ध लडेको र उनीहरूको इतिहास उन्नाइसौं, बीसौं र एक्काइसौं शताब्दीका मुख्य द्वन्द्वहरूमा अदम्य सहासका कथाहरूले भरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार