लोकसेवा विज्ञापनबारे बोल्यो सर्बोच्च

  मूलधार पोष्ट  947 पटक हेरिएको

काठमाडाैं-स्थानीय तहमा कर्मचारी भर्नाका लागी लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै परेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन रद्द गर्न नपर्ने कारणसहित अदालतमा उपस्थीत हुन लोकसेवा आयोगका नाममा अन्तरीम आदेश दिएको हो । दरखास्त दिने अन्तिम दिन आगामी मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाईएको छ ।

विज्ञापन समावेशी नभएको कारण देखाउदै विकाश ठाकुर समेतका कानुन ब्यवसायीले लोकसेवा आयोगलाई विपक्षी बनाई गत सोमबार रिट दायर गरेका थिए । विभिन्न स्थानीय तहका लागि लोकसेवा आयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ जना कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको थियो ।

तर विज्ञापन संविधानको मर्म विपरीत तथा समावेशी नभएको भन्दै अहिले आलोचना भईरहेको छ । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले पनि विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । तर सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितले भने विज्ञापन रद्द गर्नेरनगर्ने दायीत्व लोकसेवा र सर्वोच्चको भएको बताउदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार