सुत्नेसमयमा भोली जेठ ३० गते बिहिवारका दिन राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  670 पटक हेरिएको

एकचोटी एक निर्धन स्त्रीलाई आफ्नो गाउँ छाडेर शहरमा गएर बस्नुपर्यो । नयाँ घरमा आउँदा उनलाई निकै आश्चर्य लाग्यो किनभने त्यहाँ प्रकाशका लागि विजुल्लीको चिम राखिएको थियो । उनले यसअघि चिमकोबारेका कहिल्यै देखेसुनेकी थिइनन् । गाउँको टुकीले भन्दा त्यसले धेरै गुणा प्रकाश दिइरहेको थियो । केही दिनपछि एक जना मानिस विजुल्लीको चिम बेच्दै त्यहाँ आए साठी किलोवाटको चिम लगाएर उनले स्विच दवाउँदा अत्यान्तै चम्किलो प्रकाश देखेर उनी आश्चर्यचकित भइन् । यस्तो सानो चिमबाट प्रकाश आउनु उनका लागि जादुमय चमत्कार थियो । मानौं त्यहाँ सूर्य नै जगमगाइरहेको थियो । उनको लागि यसअघि सानो चिम जलाउने त्यही विद्युत्बाट यो अद्भुत सूर्यजस्तो प्रकाश दिने चिन बलेको हो भनी सोच्नुपनि असम्भव थियो ।

हामी ति स्त्रिको अज्ञानता माथि हाँस्दैछौं । तर यसमा अधिकांश आफ्नो शक्तिहरुबारे त्यति नै अन्जान छन, जति ति स्त्रि विजुल्लको शक्तिबारे अन्जान छिन् । उनले जस्तै हामी पनि अपार शक्तिमध्ये सानो चिमको मात्र प्रयोग गरेर जीवनको अमुल्य दिन गुमाइदिन्छौं । हामी भित्रपनि त्यो सानो चिमभन्दा सय गुणा बढि शक्ति र प्रकाश लुकेको छ भन्ने हामी कहिल्यै सोच्दैनौं । हामी भित्र योग्यता र शक्तिहरुको सागर लहराइरहेको छ र त्यसमा असंख्य रत्न लुकिरहेको भन्नेबारे हामी कल्पना पनि गर्दैनौं । केवल एक पटक उक्त सागरमा डुबुल्की लगाउन आबश्यक छ, क्षणभरमै हामीले ‘समृद्धिको मोति’ भेट्टउँछौं । हामी आफै आफ्नो सफलताको सिमा बाँध्छौंं, आफै समृद्धिको लात हान्छौं, किन भने यस अपार सागरबाट हामी जीवनमा केही थोपा मात्रै लिन्छौं ।

उक्त विद्युत् श्रोतबाट केवल सानो चिमको प्रकाश मात्र लिन्छौं । त्यसैले जीवनको समृद्धिमा अधुुरो रहनसक्छौं । ति महिलाले जस्तै थुप्रै मानिस आफ्नो अटुट शक्ति भण्डारको धेरै कम उपयोग गर्दछन् । तिनीहरु इश्वरले आफ्ना लागि त्यति मात्रै उपयोग निश्चित गरिदिएकाले आफूहरुले त्यति थोरै उपयोग गरिरहेको सोच्छन् । तिनीहरुको कमी विजुल्लीको करेन्टमा नभइ आफ्नो सानो चिममा छ भनी सोच्दैनन् । हामीमध्ये ब्यक्तिले सन्देश र अविश्वासको कारण आफ्नो शक्ति नष्ट गर्न पुग्छौं । निर्धनता भनिएको विचारका कारण हामी स्वयम जीवनको सुखसमृद्धिबाट टाढिन्छौं । समृद्धिको प्रबाह संधै प्रसन्न मन तर्फ बग्दछ । त्यसको बहाव कहिल्यै निराश र सन्देहशील मनतर्फ हुँदैन । त्यसैले हामीले संधै यसको स्वागतका लागि आफ्नो ह्दयलाई प्रसंनन राख्नुपर्छ । किनभने चार वा आठ किलोवाटको चिम लगाएर हामीले साठी किलोवाट प्रकाशको आशा गर्न सक्दैनौं ।

भोली मिति २०७६ साल जेठ महिनाको ३० गते बिहिवार । अंग्रेजीपात्रो अनुसार २०१९ जुन महिनाको १३ तारिख
मेष–गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । बृष– काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

मिथुन– भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ । कर्कट –भोली जेठ ३१ गते बिहिवारको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

सिंह– मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
कन्या–बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

तुला–तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । बृश्चिक– गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

धनु–बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । मकर–मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

कुम्भ– धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । मीन– छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार