रिटर्नी माईग्रेंट नेपालको प्रथम भेला मार्तडीमा हुने

  मूलधार पोष्ट  193 पटक हेरिएको

रमित बि.क.- रिटर्नी माईग्रेंट नेपालको प्रथम भेला मार्तडीमा आयोजना गरिने भएको छ । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई हकहित र अधिकारका बिषयमा पैरवी गर्नेका लागि उतm संस्था गठन गरिने भएको छ । बिदेशबाट फर्केका युवाहरुले आफुले कमाएर ल्याएको पैसाको सही सदुपयोग भयो भएन् बिदेशबाट फर्केका युवाहरुलाई एकिकृत गर्ने उद्देश्य सहित पहिलो भेला गर्ने लागिएको पत्रकार सम्मेलन मार्फत केन्द्रीय महासचिव लक्ष्मी प्रसाद आचार्यले बताए । देशका अधिकांस जिल्लामा यो संस्था गठन गरी समाजमा रहेको सामाजिक विकृति विसंगतिका बिरुद्धमा संस्थाले काम गर्ने भएको छ ।

बिदेशमा पलायन युवाहरुलाई स्वदेशमै आत्मनिर्भेर बनाई रोजगारी सिर्जना गर्ने समेत संस्थाले पहल गरिने आचार्यको भनाई रहेको छ । खाडीमा खेप्नुपर्ने समस्यालाई मध्येनजर गरी युवाहरुको लागि सहुलियत ब्याजदरमा १० दाख बराबरको ऋण बैदेशिक रोजगारीबाट फर्केका युवाहरुका लागि लगानी गरिने सरकारले यसअघि नै निर्णग गरेको छ ।

संस्था २०७४ साउन १० गते दर्ता भई देशभरका जिल्लामा लागु गरिएको छ । संस्थामा हालसम्म १० हजार सदस्य आवद्ध रहेको सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतन थापाले बताउनुभएको छ । पहिलो आमभेला यहि जेष्ठ ३० गते सदरमुकाम मार्तडीमा सञ्चालन गरिने भएको छ । होटेल बाँनियामा आयोजित पत्रकार सम्मेलन केन्द्रीय महासचिव लक्ष्मी प्रसाद आचार्य,सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतन थापा, केन्द्रीय सचिव हरिश भण्डारी ,सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष अर्जुन बाँनिया,प्रेस संगठन जिल्ला अध्यक्ष बसन्त विश्वकर्मा लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार