आफ्नै छोरीलाई बलात्कार गर्ने यातायात मन्त्रालयका उपसचिव पक्राउ

  पत्रपत्रिका खबर  1224 पटक हेरिएको

काठमाडाैं-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थरका एक उपसचिव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले छाेरीलाई बारम्बार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेेेेकाे छ ।

आफ्नै घरमा यादवले विदेशतिर छोरीलाई बलात्कार गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई बलात्कार गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले वताएका छन ।

घरमा कोही नभएको मौकामा यादवले विगत ३/४ वर्षदेखि यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै, डरधम्की देखाई बलात्कार गर्दै आएकाे प्रहरीले बताएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा रहेकाे र शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको प्रहरीले जनाएकाे खबर दैनिकीबाट साभार गरिएको छ ।

संसदीय दलबाटै सांसद विकास कोषको बजेट नलिने निर्णय ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ संसदीय दलले प्रदेश सांसदले सांसद विकास कोषको बजेट नलिने निर्णय गरेको छ । बुटवलमा आज बसेको प्रदेश ५ को संसदीय दलको बसेको बैठकले यो निर्णय गरेको हो । संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेल स्वास्थ्यका कारण बैठकमा आफै उपस्थित हुन नसके पनि उहाँको योजनालाई दृढ समर्थन गर्दै बैठकले सर्वसम्मत पारित गरेको हो ।

सांसदहरू नीति निर्माणका लागि नीति बनाउने थलोमा रहेकोले विकास निर्माणसँग प्रत्येक्ष जोडिन आवश्यक नरहेको र विकास निर्माणका लागि काम गरिरहेका तह र निकायले नै काम गर्नु पर्ने भन्दै सांसदहरूले क्षेत्र विकास कार्यक्रम आवश्यक नरहेको बताएका हुन । सांसद क्षेत्र विकास कोषका लागि विभिन्न तर्फ भईरहेको बेला सबैलाई संदेश जावस भनेर हाम्रो प्रदेश निर्णय हो ।

बाँकेबाट निर्वाचित सांसद आईपी खरेलका अनुसार सरकारले नै विभेदरहित सन्तुलित विकास गरेकोमा छुट्टै सांसद कोषको आवश्यकता नरहेको बताउनु हुन्छ । सरकार नै सांसदहरूको र सांसद नै सरकार भएकोले छुट्टै किन सांसदलाई रकम चाहिने भन्दै खरेलले दलको निर्णय अन्य सांसदका लागि शिक्षा होस् भन्ने उहाँको धारणा रहेको छ । जनता पक्षमा नीति बनाउने सांसदले हो, नीति कार्यान्वयन सरकारको हो भन्दै नेकपा प्रदेश ५ संसदीय दलले सांसद क्षेत्र विकास कोषको आवश्कता नरहेको र नलिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार