सेफ्टी ट्यांकीको ढक्कन भासिँदा ४ विद्यार्थीको मृत्यु

  मूलधार पोष्ट  177 पटक हेरिएको

दार्चुला- जिल्लाकाे नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको मृत्यु भएकाे छ ।

ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो । सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो । सोही मैदानमा बालबालिका खेल्दै थिए । ढक्कन भासिँदा उनीहरू सेफ्टी ट्यांकीमा परेर मृत्यु भएकाे जनाइएकाे छ ।

बालबालिकाको शव निकाल्न तीन घन्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले बताए । शौचालय पाँच वर्षपहिले सांसद विकास कोषको ४० लाख रुपैयाँमा निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार