सुत्ने समयमा भोली जेठ २९ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  1097 पटक हेरिएको

राशिफल पढ्नुभन्दा पहिले एउटा सफल हुनको लागि के के गर्नुपर्छ भन्नेबारेमा जानकारी लिनुहोस् । तपाईले एउटा युवालाई सैलुन, नृत्यघर, सिनेमा वा जुवाघर आदि स्थानमा गएको देख्नुभएको छ । अर्को दोस्रो युवकको झुकाव उच्च शिक्षा वा आत्म उन्नतितर्फ छ, उ गिर्जाघरतर्फ जानेछ, पुस्तकालयमा पुग्नेछ कुनै विद्वानको भाषण सुन्नेछ–अर्थात हरेक तरिकाले आफ्नो मनको ती इच्छा पुरा गर्नेछ । यदि अर्काे शहरका १० हजार व्यक्तिलाई न्युयोर्क शहरमा स्वतन्त्र छोडिदिए त्यो अत्यन्त मनोरञ्जक घटना हुनेछ । तिनीहरुले फटाफट आ–आफ्नो इच्छाअनुसार साथीसंगी र काम खोजेको तपाईले देख्नुभएको छ ।

जुवाडेलाई जुवाडि, कलाकारलाई कलाकार, संगीतकारलाई संगीतकार, धार्मिकलाई धार्मिक र चोरलाई चोर खोज्न धेरैबेर लाग्दैन । यसबाट यो स्पष्ट हुन्छ कि मनले चुम्बकले जस्तै विरोधी र बिपरीतलाई नभई आफ्नौ जस्तो वस्तुलाई तान्ने गर्दछ । हामीले आफ्नो मनमा चुम्बकलाई कस्तो बनाउने हो त्यो हाम्रो इच्छामा भर पर्छ । हामीले त्यसमा ईष्र्या–द्वेष गर्दा बदलामा ईष्र्या–द्वेष नै पाउन सक्छौं र पे्रम, सहानुभुति गरेमा त्यहि पाउन सक्छौं । अर्काे शब्दमा भन्ने हो भने जे जति तपाई मनबाट चाहानुहुन्छ, मानौं त्यसलाई आफ्नो जीवनमा आउनको लागि निमन्त्रणा दिनुहुन्छ । त्यसैले तपाईको सन्देहले सन्देहलाई, ईष्र्याले ईष्र्यालाई र प्रमले प्रमलाई आकर्षित गर्दछ ।

हामी जस्तो सोच्छौं, त्यस्तै बन्न पुग्छौं हाम्रो जीवन हाम्रो विचारको फल हो । आफ्नो आशाभन्दा बढि तपाई केहि प्रप्त गर्न सक्नुहुन्न । धेरै जसो मानिस आफ्नो निराशाको कारण नै आफ्नो ईश्वरीय शक्तिलाई संकुचित बनाउँछन् । सधै आफ्नो निर्धरता, मित्रको अभाव आदि अनगिन्ती निराशाको कल्पना गरेर आफैंले आफ्नो सफलतामाथि कुठाराघात गर्ने गरेको तिनीहरु बुझ्दैनन् । यी सबै निराशा र अभावको कल्पना गरेर स्वयम्ले आफ्नो उन्नतिको मार्गमा बाधा तेस्र्याइरहेको तिनीहरु भुल्छन् । यदि तपाई आफ्नो खुट्टाको शक्तिमाथि विश्वास नभएको भए तपाई कहिल्यै हिँड्न सक्नुहुन्नथ्यो, किनभने त्यतिबेला तपाई हिँड्न कोसिस पनि गर्नुहुन्नथ्यो । यसरि नै यदि तपाई आफ्नो इच्छाहरुमाथि विश्वास राख्नुहुन्न भने तिनीहरुलाई कहिल्यै पुरा गर्न सक्नुहुन्न । एक महान विचारकका यी शब्दमा यहि सत्य लुकेको छ– ‘आफ्नो आशाभन्दा बढि तपाई बन्न सक्नुहुन्न ।’ ईश्वरले हाम्रो हृदयमा हामीले पुरा गर्न नसक्ने त्यस्तो कुनै ईच्छा उत्पन्न गरेको छैन । मनुष्यको सुन्दर, बलवान् शरीर र विवेकवान् मस्तिष्क ईश्वरले हामीलाई आफ्नो जीवनलाई महान् बनाउन नै पठाएको प्रमाण हुन् ।

यदि आज तपाईको जीवन निराशा र समस्याको अन्धकारले धेरिएको छ भने चिन्ता नगर्नुहोस् । केवल तपाई आफ्नो लक्ष्यतर्फ विश्वासले अघि बढ्दै जानुहोेस् । यदि तपाईको बाटोमो अनेक बाधा –अड्चन खडा हुन्छ भने, मानिसहरु तपाईको आलोचना गर्छन् भने, तपाईलाई मुर्ख वा पागल भन्छन् भने मतलब छैन । याद राख्नुहोस्, मानिसहरु इशालाई पनि यस्तै भन्ने गर्थे, तर इशाको महान् जीवनले सधै आफ्नो आत्माको संदेशलाई सुनेर अगाडि बड्दै जाउ भन्ने सन्देश दिन्छ । यसको लागि तपाईले धेरै बलिदान गिर्नुपर्ने कुरा पनि साँचो हो । तर धैर्य र विश्वास लिएर आप्mनो जीवन–लक्ष्यलाई दृढतापुर्वक समाईराखौं, एकक्षण पनि त्यसलाई आप्mनो आँखाबाट ओझेल हुन नदिऔं, किनकिा त्यहि तपाईको सुनौलो भविष्य हो, त्यहि तपाईको भाग्यको तारा हो, जसको प्रकाशमा अघि बढ््दै जाँदा चाँडै नै तपाई अन्धकारलाई चिरेर सौन्दर्य र प्रकाशको धर्तीमा पाउ राख्नुहुनेछ ।

जीवन–तारा यति धेरै टाढा किन चम्किन्छन्, त्यसको बाटोमा समस्याका यति धेरै पहाड किन खडा छन् भन्ने कुरा तपाईले आज थाहा नपाउनु भए पनि विश्वास राख्नुहोस् । यदि त्यसतर्फ हेर्दै अगाडि जानुहुन्छ भने एक दिन अवश्य पनि तपाई त्यहाँ पुग्नुहुनेछ । यदि विवशताको कारण आज तपाई आफ्नो मनले नचाहेको कुनै काममा लागि रहनुभएको छ भने केवल बृद्ध मातापिता वा बिरामी भाई–बहिनीका लागि अरुचिकर काममा लागिरहनुभएको छ भने तपाईको जीवन लक्ष्य यहिँ समाप्त भयो भन्ने नसोच्नुहोस् । उक्त अरुचिकर काम गर्दै रहँदा आफ्नो लक्ष्यलाई नछोड्नुहोस्, त्यसलाई पाउनको लागि त्यतिकै कासिस गरिरहनुहोस् । यहि विश्वास र परिश्रमले एक दिन तपाईलाई आफुले मनले चाहेको कामसम्म पु¥याईदिने छ ।

एडिसन्लाई महान आविष्कारक मानिन्छ । उनको सफलताको रहस्य के थियो, थाहा छ ? त्यो थियो–उनको प्रतिभापूर्ण दिमाग र त्यसमाथिको उनको अटुट विश्वास । एक छिन सोच्नुहोस् न यदि उनले यो आत्मविश्वास गुमाएको भए वा समस्याबाट निराश भएर यी समस्याहरु समाधान गर्न थुप्रै वैज्ञानिक असफल रहे भने मैले मात्र के गर्न सकुँला ? भन्ने सोच्न थालेको भए के उनी आजको महान बैज्ञानिका बन्न सक्थे ? कहिल्यै पनि सक्दैनथे । उनको विजयको रहस्य उनको विश्वसमै थियो । उनको प्रतिभा सधै उनलाई अघि अघि तान्थ्यो । उनको कल्पना सधैं भावी आविष्कारको सपना देख्ने गर्दथे । ती सपनामाथिको दृढ विश्वासले उनलाई साँच्चै एक महान वैज्ञानिक बनाउन सफल भयो ।

भोली मिति २०७६ साल जेठ महिनाको २९ गते बुधवार । अंग्रेजीपात्रोअनुसार २०१९ जुन महिनाको भोली ११ तारिख रहेको छ । अव राशितिर
मेष– शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । बृष – सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।

मिथुन– हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।

सिंह– राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । कन्या – हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

तुला – केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । बृश्चिक – साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

धनु– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । मकर– पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।

कुम्भ– काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार