व्यवसायी दिपक ढकालले गरे सुसाइट नोट लेखेर आत्महत्या

  मूलधार पोष्ट  1537 पटक हेरिएको

झापा-अहिले नेपालमा आत्महत्या गर्ने फेसन जस्तै भएको छ । देशभर सानो कुरालाइ लिएर आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । त्यस्तै फरी बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले सुसाइट नोट लेखेर झुण्डिएर आत्महत्या गरेका छन् । प्रहरीले झुण्डिएकै ठाउँमा सुसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सुसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट लेखेको नोट प्रहरीले लाहा छाप गरी सुरक्षित राखेको छ । सोसाइड नोट लेखेको इलाका प्रहरी कार्यालय अनारमनीले पुष्टि गरेको छ ।

ढकाल बिर्तामोडमा एक दशक देखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए । उनका छोरा विपमका अनुसार आज विहान परिवारसँग सँगै खाना बुबा पसल आएका थिए । घरबाट हिडेको आधा घण्टामा घटना भएको परिवारले जानकारी पाएको थियो ।

विपमका अनुसार बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी थिए । साथीको नाताले उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो । स्रोतका अनुसार १५ लाखभन्दा बढि रकम भट्टराईले ढकाललाई तिर्नु थियो । मृतकका छोरा विपमले बताएका अनुसार भट्टराईले बुबालाई लाखौं रकक तिर्न बाँकी थियो । इप्रका अनारमनीका प्रमुख मोहन थापाले सोसाइड नोटका बारेमा अनुसन्धान हुने बताएका छन् । ढकालको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार