भौतिक पुर्वाधार मन्त्री महासेठको गाडी खोलामा डुब्यो (फोटो सहित)

  मूलधार पोष्ट  242 पटक हेरिएको

काठमाडाैं-भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको छ ।सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको हो । बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको थियो ।

सहरे खोलामा पुल निर्माण हुने भए पछी अर्जुन चौपारी गा पा(केन्द्र) वार्ड नम्बर १ बजार देखि अधिखोला गापा – अर्घौधी, राम्चे, अरुचौर हुदै नेपालकै पहिलो पर्यटकिय गाउँ सिरिवारीको यात्रा गर्दा भोग्नुपर्ने समस्याको अब समाधान हुने भएको छ । यहि बर्ष सहरेखोला पक्की पुल निर्माणका लागि बजेट बिनियोज भएको छ र उक्त काम अर्जुनचौपारी गा पा ले नभई सडक डिभिजन कार्यलय पोखराले हेरिरहेको छ । अर्जुनचौपारी गा पा को ब्यबस्थापन संगै सडक डिभिजन कार्यलय पोखराको आयोजनामा सहरे खोलाको पक्कि पुलको शिलान्यास माननिय भौतिक पुर्वाधार तथा यातयात मन्त्रि रघुविर महासेठद्वारा गरिएको हो ।

छुटाउनुभयोकी-गुठी विधेयकलाइ लिएर संसदमा तनाब, बैठक स्थगित ।
सरकारले तयार पारेको गुठी विधेयकलाइ लिएर संसदमा तनाब भएको छ । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले उठेर बिरोध गरे । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले गुठी विधेयकविरुद्ध आन्दोलित गुठीयारहरुमाथि सरकारले दमन गरेको भन्दै बिरोध गर्नुभयो । यसबारेमा सरकारको जवाफ माग गर्दै खाँडले स्वतन्त्रपुर्वक आफ्ना विचार राख्न पाउने र आन्दोलन गर्न पाउने नागरिकको हकलाइ सरकारले दबाउन खाजेको आरोप लगाउनुभयो ।

यसबारेमा सरकारको जवाफ माग गर्दै काँग्रेस सांसदले संसद अबरुद्ध गरिरहेको अवस्थामा सभामुखले नेकपाका सांसद पम्फा भूसाललाइ बोल्न समय दिएपछि काँग्रेस सांसदले हो, हल्ला गरे । काँग्रेसको अबरोधकै बीचमा भूसालले पनि गुठीयारहरुको आन्दोलनमा सरकारले गरेको दमनको बिरोध गर्दै सरकारसंग जवाफ माग गर्नुभयो । तर काँग्रेस सांसदहरुले भने सदन अबरुद्ध भइरहेको समयमा अर्को सांसदलाइ बोल्न दिनु गलत भएको भन्दै थप बिरोध गरे । सदनमा यसबारे कुरा उठेपछि भूमि व्यवस्था शहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जवाफ दिनुभएको छ । संसदमा उठेको बिषयमा जवाफ दिदै मन्त्री अर्यालले अनियन्त्रित भिड नियन्त्रणमा लिन पानीको फोहारा प्रहार गरेको स्वीकार गर्नुभयो ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि केहीलाइ प्रक्राउ गरेको पनि मन्त्री अर्यालले बताउनुभयो । सबै गुठीलाइ एकरुपतामा ल्याउन गुठी प्राधिकरणमा लान लागिएको बताउदै मन्त्री अर्यालले हिजोको गुठी बिधेयक र आजको गुठी बिधेकमा तात्विक भिन्नता नरहेकाले मसिनो ढंगले अध्ययन गरिदिन आग्रह गर्नुभयो । हिजोको मूल्य, मान्यता, धर्म, सस्कृतीमा प्रहार हुने गरि बिधेययक नआएको दाबी गर्दै मन्त्री अर्याले यसलाइ पुनः छलफलका माध्यमबाट टुङ्ग्याउन सकिने बताउनुभयो ।

मन्त्री अर्यालले जवाफ दिएपछि पनि काँग्रेस सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै संसद अवरुद्ध पारेपछि सभामुखले बैठक भोलि सम्मको लागि स्थगित गर्नुभएको छ । गुठीका जग्गा वा सम्पतिहरुमा अनियमितता भएको भन्दै उजुरी पर्नेक्रम बढेपछि सरकारले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संसोधन गर्न बनेको बिधेयक २०७५ संसदमा पेश गरेको छ । विधेयकमा राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उल्लेख छ । यसमा गुठीयारहरुको बिरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार