घाइते महिलाको हवाईजहाजबाट उद्धार

  मूलधार पोष्ट  191 पटक हेरिएको

बाजुरा-जिल्लाको बुढिनन्दा नगरपालिका – ४ स्थित कुरु खोलामा माथीबाट ढुङ्गा झरेर घाइते भएकी सरिता रोकायाको उपचारका लागी समिट एयरको हवाईजहाजद्धारा उद्धार गरिएको छ । महिनावारी भएकी रोकाया खोलामा नुहाउन जाँदा भिरबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा गम्भीर घाईते भएकी र उनको उपचार कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपालगञ्ज पठाएको वडा न ४ का वडाध्यक्ष राजन कुमार रोकायाले जानकारी दिनुभएको छ ।

बुढिनन्दा नगरपालिका वडा न ४ बस्ने धनरुप रोकायाकि बर्ष २४ की छोरी सरिता रोकायाको कोल्टीको प्राथमिक स्वास्थ्य केन्द्मा उपचार हुन नसक्दा समिट एयरको हवाइजहाज मार्फत उपचारको लागी नेपालगञ्ज लगिएको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वगीय सचिव जंग बिकले बताउनुभएको छ ।
घाइते रोकायाको अबस्था जटिल भएको हुनाले थप उपचार का लागि सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको विशेष पहल र बुढीनन्दा नगरपालिकाको साझेदारी मार्फत उद्दार गरि नेपालगञ्ज लगिएको स्वकिय सचिव बिकको भनाई रहेको छ ।

जहाज चार्टर गरी उपचारमा सहयोग पुुर्याउने सुदूरपश्चिम प्रदेश सरकार कानुन तथा आन्तरिक मामिला मन्त्री प्रकाश शाह , प्रदेशसभा सदस्य बलदेव रेग्मी , नेकपा नेता पेम्बा गुरुङ भोटे , जनक बोहरा , र बुढिनन्दा नगरपालिकालाई परिवारले धन्यवाद दिएको छ । यस अघिपनी गम्भिर अवस्थाका विरामी महिलाहरुलाई सुदूरपश्चिम सरकार मार्फत बाजुरामा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार