ट्याक्टरबाट खसेर बालिकाको मृत्यु

  मूलधार पोष्ट  242 पटक हेरिएको

बाजुरा- जिल्लाको पिलुचाैरमा ट्याक्टरबाट खसेर आइतबार राती एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका तिन जुकोट निवासी रेखम बहादुर शाहीकी ९ बर्षिया छोरी प्रतिक्षा शाहि रहेको ईलाका प्रहरी कार्यालय कोल्टी जनाएकाे छ ।

सदरमुकाम मार्तडीबाट सिमेन्ट लिएर पिलुचौर जादै गरेको भे १ त ९४३१ नम्वरको बालिका बसेको ट्याक्टर सामान अनलोडका लागि पछाडी फर्कीने क्रममा बालिका खसेर घाईते भएको प्रहरीको भनाइ रहेको छ । घाईते बालिका शाहीको उपचारका क्रममा आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मृत्यृ भएको पारीवारीक स्रोतले जनाएको छ । मृतक शाहीका बुवा नेपाल प्रहरीमा हेटौडा कार्यरत हुदा घर नपुगुन्जेल सम्म शव नबुझने मृर्तकका आफन्तले बताएका छन ।

ट्याक्टर चालक बाजुराको गौमुल गाउँपालिका ३ का बर्ष २३ का गोपाल बोहोरा हुन । उनलाइ अहिले दुर्घटनाको अनुसन्धानका लागि कुन्ना प्रहरी चौकि पिलुचौरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार