पर्सामा फेरी भीषण हावाहुरी, एकजनाको मृत्यु

  मूलधार पोष्ट  200 पटक हेरिएको

पर्सा-आइतबार राति पर्सामा फेरी भीषण वर्षासँगै आएको हावाहुरी र चट्याङबाट एकजनाको मृत्यु भएको छ । साँझ वर्षासँगै आएको हावाहुरीमा परेर अन्य ६ जना घाइते भएका छन् । हावाहुरीसँगै आएको चट्याङ लागेर ठोरी गाउँपालिका १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो ।

हुरीका क्रममा वीरगन्ज महानगरपालिका ७ रामटोलमा महेश साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा ओम प्रकाश साह, दीपेन्द्र पटेल र सुनिल पटेल घाइते भएका छन् । त्यस्तै वीरगन्ज १६ इनरुवामा नेक महम्मदको घर भत्किँदा उनकी छोरी गुल्सन खातुन र पत्नी शायदा खातुन घाइते भएका छन् । हुरीले वीरगन्जको लिंकरोडस्थित नारायणी एफएमको टावर र सोलार प्यानल भत्काएको छ ।

गएरातिकाे हावाहुरीले पर्साको पोखरीया नगरपालिका, सेढवा, बिन्दवासिनि गाउँपालिका, बिरिञ्चीबर्वा लगायतका स्थानहरुमा ठुलो क्षति पुगेको छ । गत चैत १७ गते मात्रै शक्तिशाली हावाहुरीमा परी पर्सा र बरामा जिल्लामा ३० जनाको मृत्यु भएको थियो भने करिब २ हजार बढी घरमा क्षति पुगेको थियो र  ५ सय जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार