सुत्नेसमयमा भोली जेठ २७ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  1165 पटक हेरिएको

राशिफल पढ्नुभन्दा पहिले तपाइ एकचोटी अनिवार्य पढ्नैपर्ने कुरा । यस्तो सानो चिमबाट प्रकाश आउनु उनका लागि जादुमय चमत्कार थियो । मानौं त्यहाँ सूर्य नै जगमगाइरहेको थियो । उनको लागि यसअघि सानो चिम जलाउने त्यही विद्युत्बाट यो अद्भुत सूर्यजस्तो प्रकाश दिने चिन बलेको हो भनी सोच्नुपनि असम्भव थियो । हामी ति स्त्रिको अज्ञानता माथि हाँस्दैछौं । तर यसमा अधिकांश आफ्नो शक्तिहरुबारे त्यति नै अन्जान छन, जति ति स्त्रि विजुल्लको शक्तिबारे अन्जान छिन् । उनले जस्तै हामी पनि अपार शक्तिमध्ये सानो चिमको मात्र प्रयोग गरेर जीवनको अमुल्य दिन गुमाइदिन्छौं । हामी भित्रपनि त्यो सानो चिमभन्दा सय गुणा बढि शक्ति र प्रकाश लुकेको छ भन्ने हामी कहिल्यै सोच्दैनौं ।

एक निर्धन स्त्रीलाई आफ्नो गाउँ छाडेर शहरमा गएर बस्नुपर्यो । नयाँ घरमा आउँदा उनलाई निकै आश्चर्य लाग्यो किनभने त्यहाँ प्रकाशका लागि विजुल्लीको चिम राखिएको थियो । उनले यसअघि चिमकोबारेका कहिल्यै देखेसुनेकी थिइनन् । गाउँको टुकीले भन्दा त्यसले धेरै गुणा प्रकाश दिइरहेको थियो । केही दिनपछि एक जना मानिस विजुल्लीको चिम बेच्दै त्यहाँ आए साठी किलोवाटको चिम लगाएर उनले स्विच दवाउँदा अत्यान्तै चम्किलो प्रकाश देखेर उनी आश्चर्यचकित भइन् ।

हामी भित्र योग्यता र शक्तिहरुको सागर लहराइरहेको छ र त्यसमा असंख्य रत्न लुकिरहेको भन्नेबारे हामी कल्पना पनि गर्दैनौं । केवल एक पटक उक्त सागरमा डुबुल्की लगाउन आबश्यक छ, क्षणभरमै हामीले ‘समृद्धिको मोति’ भेट्टउँछौं । हामी आफै आफ्नो सफलताको सिमा बाँध्छौंं, आफै समृद्धिको लात हान्छौं, किन भने यस अपार सागरबाट हामी जीवनमा केही थोपा मात्रै लिन्छौं । उक्त विद्युत् श्रोतबाट केवल सानो चिमको प्रकाश मात्र लिन्छौं । त्यसैले जीवनको समृद्धिमा अधुुरो रहनसक्छौं । ति महिलाले जस्तै थुप्रै मानिस आफ्नो अटुट शक्ति भण्डारको धेरै कम उपयोग गर्दछन् ।

तिनीहरु इश्वरले आफ्ना लागि त्यति मात्रै उपयोग निश्चित गरिदिएकाले आफूहरुले त्यति थोरै उपयोग गरिरहेको सोच्छन् । तिनीहरुको कमी विजुल्लीको करेन्टमा नभइ आफ्नो सानो चिममा छ भनी सोच्दैनन् । हामीमध्ये ब्यक्तिले सन्देश र अविश्वासको कारण आफ्नो शक्ति नष्ट गर्न पुग्छौं । निर्धनता भनिएको विचारका कारण हामी स्वयम जीवनको सुखसमृद्धिबाट टाढिन्छौं । समृद्धिको प्रबाह संधै प्रसन्न मन तर्फ बग्दछ । त्यसको बहाव कहिल्यै निराश र सन्देहशील मनतर्फ हुँदैन । त्यसैले हामीले संधै यसको स्वागतका लागि आफ्नो ह्दयलाई प्रसंनन राख्नुपर्छ । किनभने चार वा आठ किलोवाटको चिम लगाएर हामीले साठी किलोवाट प्रकाशको आशा गर्न सक्दैनौं ।

भोली मिति २०७६ साल जेठ महिनाको २७ गते सोमबार । अंग्रेजी पात्रोअनुसार २०१९ जुन महिनाको १० तारिख मेष – मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । बृष– कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।

मिथुन – राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । कर्कट– वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।

सिंह– सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिआएका काममा सहयोग माग्दा पाउन गाह्रो छ । कन्या– सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन ।

तुला– मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । बृश्चिक– समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन ।

धनु– अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।मकर– बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।

कुम्भ – प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । मीन – सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार