१८०१ विद्यार्थीको लागि अभिभावक बन्यो “पीसविन”

  मूलधार पोष्ट  389 पटक हेरिएको

बाजुरा- पीसविन बाजुराले  जिल्लाको खप्तड छेडेदह गाउपालिका र बुढिगंगा नगरपालिकामा रहेका विद्यालायका १८०१ जना प्रायोजित बालबालिकाहरुलाई लक्षित गरी शैक्षिक सामग्री, विद्यालय पोशाक लगाएतका सामानहरु वितरण कार्य सुरु गरीएकोे छ ।

गुड नेवर्स ईन्टरनेशनल नेपाल र पीसविन बाजुराको संयुक्त साझेदारीमा सञ्चालित सामुदायिक विकास परियोजनाले बुढीगंगा नगरपालिकाका १४ वटा विद्यालय र खप्तड छेडेदह गाउँपालिकाका १९ वटा विद्यालयमा रहेका १८०१ जना प्रायोजित बालबालिकाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु कापी, कलम, पेन्सिल, सार्पनर, इरेजर, झोला र औजार बक्सका साथै विद्यालय पोशाक लगाएतका शैक्षिक सामग्री वितरण कार्य सुरु गरीएको गरिएको हो ।

१८०१ जना प्रायोजित बालबालिकाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्यका साथ सुरु गरीएको वितरण कार्यमा अहिले सम्म १७१२ जना बालबालिकाहरुलाई सबै आवश्यक सामग्रीवितरण गरी सकिएको र वितरणगर्ने कार्य जारी रहेको कुरा सामुदायिक विकास परियोजना पीसविन बाजुराका कार्यक्रम संयोजक टेक बहादुर थापा ले जानकारी दिनु भएको छ ।

शैक्षिक सुधारको आन्दोलनमा सघाउपुयाउनतथाप्रत्येक बालबालिकाको शिक्षामापहुचलाई सुनिश्चितगदै गुण स्तरीय शिक्षाको सुनिश्चितामा सघाउपुयाउन शैशिक सामाग्री सहयोग, पुस्तकालय सहयोग, कम्प्यूटर ल्याब र साईन्स ल्याब सहयोग, विद्यालयतथा ई. सि. डी. भवननिर्माण सहयोग, फर्निचर सहयोग,खानेपानी सहयोग विद्यार्थिका स्वास्थ्य चेकजाँच लगायतका कार्यक्रमहरु पीसविन बाजुरा मार्फत सञ्चालित सामुदायिक विकास परीयोजनाले गदै आईरहेको जानकारी गदै र यसलाई निरन्तरतादिने कुरामा थापाले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार