
बाजुरा-संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ । कोहि कालजयी हुन्छन त कोहि हराए जान्छन् । तर सर्जक तथा संगितकार राजेन्द्र शाह बिपिका हरेक स्रुजना उतिकै कालजयी छन ।
खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति रहेको गित “हिरालाल जोखुकी”डेउडा गित हर्क खडायत र लोक दोहोरी गायिका टीका पुनको स्वरमा म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । जसमा राजेन्द्र शाह बिपिको उत्कृष्ट शब्द तथा चर्चित संगित संयोजक बिनोद बाजुरेलिको लय तथा संगित संयोजन रहेको छ ।
चर्चित निर्देशक भिम थापाले निर्देशन गरेको म्युजिक भिडियोलाई डिबि रौलेले छायांकन गरेका हुन भने प्रबिन रश्मिमगरले भिडियो सम्पादन गरेका हुन । म्युजिक भिडियोमा टेक बिष्ट र पर्मिला थापाको दमदार अभिनय देख्न सकिन्छ । यसका गितका सम्पुर्ण टिमलाई शुभकामना ।हेर्नुहोस् भिडियो सहित ।