भीरबाट खस्दा यार्सागुम्बा संकलकको मृत्यु

  मूलधार पोष्ट  262 पटक हेरिएको

बझाङ-भीरबाट लडेर बझाङमा यार्सागुम्बा संकलकको मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगपालिका–२ बुँरोसे लेकमा यार्सा टिप्ने भीरबाट खस्दा छबिस पाथीभेरा गाउँपालिका–७ बुडखोरीका करिब ४० वर्षीय कटक धामीको मृत्यु भएको हो। बिहीबार भीरबाट खसेका धामीको शुक्रबार मात्र शव फेला परेको थियो।

यही वर्ष मात्र यार्सागुम्बा टिप्ने क्रममा भीरबाट खस्दा बुडखोरीका २ जनाको ज्यान गएको छ। गएको बैशाखमा हिउँबाट चिप्लिएर बुडखोरीकै चन्द्रा धामीको ज्यान गएको थियो।

त्यस्तै बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ। बैतडीको तल्लोस्वराडका लोकेन्द्र चन्दको हत्या भएको बैतडी प्रहरीले जनाएको छ। बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले भारतको पिथौरागढ जिल्लाको बृहत ग्राम गैना गाँउमा चन्दको हत्यो भएको बताए।

जेठ ६ गते हत्या गरिएको भएपनि चन्दलाई उडीयारी जंगलमा लगेर गाडेको र शुक्रवार स्थानीय महिलाले चन्दको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए। चन्दको हत्या गरेको आरोपमा पिथौरागढका निरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ। चन्द भारतमा मजदुरी गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार