बिद्यालयको भवन जिर्ण हुदाँ पठन पाठनमा समस्या

  रमित बि.क.  209 पटक हेरिएको

रमित बि.क., बाजुरा-त्रिबेणी नगरपालिका–९ बागापाटामा रहेको खिन्नै सत्यदेवी आधारभूत विद्यालयको भवन जिर्ण हुदाँ पठनपाठनमा समस्या भएको छ । कक्षा–८ सम्म पठनपाठन हुने उतm विद्यालयको भवन पुरानो र जिर्ण भएपछि यस्तो समस्या भएको हो । जिल्ला शिक्षा कार्यालय हुदाँ करिव ३ लाख बराबरको अनुदानमा निमार्ण भएको उक्त बिद्यालयको भवन पुरानो र जिर्ण अवस्था रहेको छ । ‘भवन पुरानो छ सानो भुकम्प र बर्षादको समय आउँदा समेत भत्किने डरले’ बिद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका निमित्त प्रधानाध्यापक नविन साउँदले बताउनुभएको छ ।

कक्षाकोठा भित्र विद्यार्थी राख्न र शिक्षक बसेर पढाउन पनि डर लाग्ने गरेको उहाँले बताउनुभएको छ । केहीँ भवन नयाँ बनेका छन् । तर त्रिबेणी नगरपालिकाले भने हालसम्म बिद्यालयको ३ कोठे चर्पी निमार्ण बाहेक अरुको लागि बजेट विनियोजन नगरेको बताउनुभएको छ । हिउँदको केहीँ महिनामा जिर्ण भवनमा नै बिद्यार्थी राखेर पठनपाठन गरिएपनि बर्षादको समयमा चुहिने भएकाले पनठनपानमा समस्या हुने गरेको छ ।

स्थानीय सरकार संग धेरै पटक भवन निमार्णको लागि बजेट माग गरेको भएपनि हालसम्म सुनुवाई नभएको बिद्यालय स्रोतको दावी रहेको छ । २०४८ सालमा स्थापना भएको उतm बिद्यालयमा गैरदलित र दलित समुदायका विद्यार्थीहरु गरी १७० जना बिद्यार्थीहरु पठनपाठन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार