उच्च हिमाली भेगमा हिमपात सुरु

  मूलधार सम्वादाता  255 पटक हेरिएको

बाजुरा– जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । हिमाली भेगमा हिमपात सुरुभएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात सोमबार रातीदेखि सुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।

पानी असोस पछि पहिलो पटक परेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमिनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको छ । किसानहरु आकाशे पानी कुरीरहेका छन् ।

उच्च हिमाली भेगमा परेको हिउपातसँगै चिसोले यहाँका जनजीवन प्रभावित बनेको छ । विहानबाट एकाएक मौसम बदली भएको थियो । विहान देखिनै बाजुराको आकाशमा घाम समेत देखिएको छैन् । बडिमालिका, बुढीनन्दा, पोरखे, बढालेक लगायतका हिमालमा हिउँ पर्न सुरु भएको छ ।

जिल्लामा कात्र्तिकबाटै चिसो बढ्न सुरु भएको हो । चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोट लगायतका क्षेत्रका विद्यालय बन्द हुने छन् भने स्थानीयलाई दैनिक कामकाज गर्न समेत समस्या भएको छ । व्यापारीहरुले पसलका ढोका थुनेर बसेका छन् ।

मौसमी बसाई सरेका भोटेजनजाति परिवारलाई समेत समस्या भएको छ । उनीहरु सपरिवार सहित चिसो छल्न वेशी झर्ने गर्दछन् । चिसोले विद्यालय बन्द गर्नु पर्ने समस्याले पाठन पाठन कार्य समेत अवरुद्ध हुने गरेको छ । त्योसँगै छाउपडि र सुत्केरी महिलाहरुलाई पनि समस्या हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार