अपडेट : भिषण हावाहुरीका कारण मृत्यु हनुको संख्या २ पुग्यो, करोडाैंको क्षेती (कारुणी १२ फोटो)

  मूलधार पोष्ट  423 पटक हेरिएको

कैलाली-बिहिवारराति आएको भिषण हावाहुरीका कारण कैलालीको टीकापुरमा एकजनाको मृत्यु भएको छ भने कयौं घरका छाना उडाएका छन्। हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका २ मा परखाल लागेर लाहनु डगौराको मृृत्यु भएको छ। गाेेदावरि नगरपालिका ८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ। पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु भएको हो।

मृतकका आफन्त दीपक चौधरीले दिएको जानकारीअनुसार कुखुराको खोरमा बसेका चौधरीको हावाहुरीले खोरको भित्ता भत्किँदा घाइते भएका थिए। घाइते चौधरीलाई उपचारका लागी नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक चौधरीको शव टीकापुर अस्पतालमा राखिएको छ।

बिहीबार साझँ हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। कैलालीका एसपी सुदीप गिरीकाअनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए। हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा ३३ जना बढी घाइते भएका छन्। गम्भीर चारजनालाई उपचारका लागि भारत र नेेेपालगन्ज पठाइएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। अहिले दुबै जिल्लामा विद्युत भने अवरुद्ध छ । फाेटा हेर्नुहाेस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार