अपडेट : कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण १ को मृत्यु ८१ घाइते (तस्विर सहित)

  मूलधार पोष्ट  270 पटक हेरिएको

धनगढी-कैलाली र कंचनपुरमा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। हावाहुरीकै कारण मोटरसाइकल र टिप्पर ठोक्किदा मोटरसाइकल चालक वीर बहादुर चौधरीको मृत्यु भएको छ। अन्य घाइतेको सेती अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली र कञ्चनपुर जिल्लामा बिहिवार राती ८ बजेतिर आएको भीषण हावाहुरीले ठुलो क्षती गरेको छ। यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको प्रहरीले जनकारी दिएको छ। हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन्। धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानीयले बताएका छन्।

त्यस्तै डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्। बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको उपरिक्षक माझीले बताएका छन् । तस्विर सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार