सुत्नेसमयमा भोली जेठ २४ गते राशिअनुसारको प्रत्यको भाग्यफल

  भोलीको राशिफल  811 पटक हेरिएको

राशिफल पढ्नुभन्दा पहिले मानिसको हृदयलाई छोएर त्यसमा लुकेका महानता र सुतेका सिंह ब्युझईदिने अनुभव, पुस्तक, उपदेश अथवा विचारले नै मानिसको जीवनमा सबैभन्दा बढी महत्व राख्दछ । तपाई आज जे हुनुहुन्छ । त्यो ठुलो कुरा होईन, बरु भोलि तपाई जे बन्न सक्नुुहुन्छ, त्यो महत्वपुर्ण छ । एक पटक एउटा सिंहको बच्चा जंंगलमा एक्लै खेलिरहेको थियो । सिंहिनी सुतिरहेकि थिई । चारैतिरबाट नयाँ वस्तुहरुप्रति आकर्षित भएर डमरु बाहिर निस्क्यो । त्यसलाई आफुले पहिला कहिल्यै नदेखेको दुनियाँको सबै वस्तु हेर्ने ईच्छा भयो । घुम्दाघुम्दै त्यसलाई आफु निकै टाढा आईपुगेको जस्तो लाग्यो । त्यति बेलासम्म त्यस्ले जंगलमा आफ्ना बाटो बिराईसकेको थियो ।

‘आमा ! आमा !’ पुकार्दै त्यो यताउता दगुर्न थाल्यो । त्यतिबेला उसको सामु एउटा भेडा आईपुग्यो । त्यो भेडाको बच्चा मरेको धेरै दिन भइसकेको थियो । सिंहको बच्चा रोएको देखेर भेडाको हृदयमा ममता भरियो । भेडाले त्यसलाई काखि च्यापेर आफ्नो घरमा लग्यो । भेडाले त्यसलाई धेरै मायाँ गथ्र्याे यसरि दिनहरु बित्न थाले । डमरु सिंहको रुपमा हुर्किएर भेडा भन्दा ठुलो भयो कैयांै पटक त भेडा त्यसलाई देखेर डराउँथ्यो । एक दिन अचानक त्यो जंगलमा एउटा ठुलो सिंह आयो र नजिकको पहाडको चुच्चोमा उभिएर त्यो गर्जन थाल्यो । सिंहको गर्जन सुनेर भेडा थरथर काँप्न थाल्यो । र भयको कारण भेडाको शरीर सिरिङ्ग भयो ।

तर त्यो भयानक गर्जन सिंहको कानमा पर्नासाथ त्यसको हृदयमा विचित्रको भावको वाढी आयो सिंहको गर्जनले त्यसको स्वभावको अहिलेसम्म नछोएको त्यो स्थानमा छोईदियो । त्यसमा एउटा नयाँ चेतना जन्मियो । नयाँ आशा र उमंगका सँगसँगै त्यसलाई आफुमा एउटा यस्तो महान शक्ति लुकिरहेको अनुभव भयो । आफुमा सन्निहित उक्त अस्तित्वबारे त्यसलाई आजसम्म थाहा थिएन । भावनाको लहर उर्लियो र त्यो पनि ठुलो आवाजमा गर्जिन थाल्यो । त्यसपछि आफ्नो भेडा आमालाई अन्तिम पटक दुःखपुर्ण नजरले हेरेर एकै छलाङमा त्यो सिंह कहाँ पुग्यो ।

त्यतिका दिनपछि सिंहले आफु स्वयम्लाई चिनेको थियो । आजसम्म त्यसले आफुलाई भेडा नै सम्झेर बसेको थियो । त्यसले कहिल्यैपनि आफु ती भेडाहरुभन्दा बलवान भएको सोचेको थिएन । पहिला त्यो कुुुकुरको भुकाई सुनेर पनि डराउँथ्यो । तर आज त्यसले कुकुर मात्र होइन, आफ्नो गर्जनबाट जंगलकै सम्पुर्ण जीवजन्तुलाई तर्साउन सक्ने सत्य बुझ््यो । त्यसले आफुलाई भेडा सम्झँदासम्म त्यसमा भेडाकै जति मात्र शक्ति थियो । त्यो भित्रको एउटा सिंह सुतिरहेको थियो । यहि कुरा त्यसलाई त्यतिबेला भनिएको भए त्यसले उत्तर दिन्थ्यो, ‘म भेडा भएर पनि सिंहको जस्तो काम कसरि गर्न सक्छु ? तर अब त्यो भित्र सुतेको सिंह जाग्यो र अब त्यो सिंहबाहेक कसैलाई पनि आफ््नो बराबर सम्झदैनथ्यो । आफुले आफुलाई चिनेपछि त्यसको शक्ति धेरै गुणा बढ्यो । सिंहको गर्जन सुन्नुअघि त्यो सिंह होईन, केवल भेडा थियो । सिंहको त्यो गर्जनले कुनै नयाँ शक्ति भरेको थिएन, केवल भेडाको भित्र सुतेको शक्ति मात्र जगाईदिएको हो । अब त्यसलाई भेडाको जीवन राम्रो लाग्न सक्दैनथ्यो । त्यसलाई सिंहको जीवन, स्वच्छन्द विचरण र वनको विशाल राज्य चाहियको थियो ।

ठीक यसै प्रकारले प्रत्येक मनुष्यको भित्र एउटा ‘सिंह’ सुतिरहेको हुन्छ हृदयको गहिराईमा छोएर त्यहाँ लुकेको शत्तिलाई जगाउने अवसरको आवश्यकता छ । ती शक्ति ब्युताएपछि मनुष्यहिनता र सानोपनाबाट विजय पाउन सकिन्छ । आफ्नो महानताको ज्ञान पाएपछि त्यो साधारण माटोको पुत्लाको जस्तो जीवन कहिल्यै बिताउन सक्दैन, बरु उ सधै अगाडि प्रगतिको सुनौलो लक्ष्यतर्फ बढ्ने इच्छा गर्छ । मनुष्यले आफु ईश्वरको एक अंश भएको र आफ्नो त्यो महान शक्तिसँग अटुट सम्बन्ध भएको थाहा पाएपछि आफुभित्र दिव्यशक्तिको अनुभव गर्न थाल्छन । तसपछि उसका लागि केहि पनि असम्भव रहदैन । उसलाई ईश्वरको महान् शक्ति उसको शरीर र आत्मामा व्याप्त भएकाले अब आफुमा कुनै दुर्बलता नभएको ठान्छ । उसलाई उसको जीवनको योजना ईश्वरले बनाएको र त्यसैले आफ्नो रक्षा पनि गर्नेछ भन्ने विस्श्वास लाग्छ । फोहोर बस्तीमा बस्ने र झुत्राझाम्रा लगाउने साधारण बालकमा पनि भविष्यको महापुरुष लुकेको हुदैन भनि कस्ले भन्न सक्छ ? आज पनि थुप्रै यस्ता युवायुवतीलाई आफुभित्र लुकेको महानताको ज्ञानसम्म छैन । तिनीहरुलाई आजका यहि साधारण मानिसबाटै भविष्यका महापुरुष निस्कन्छन् भन्ने थाहा छैन । भविष्यका थुप्रै महान व्यक्ति आज होटल वा कार्यलयमा साधारण काममा लागेका छन् ।

आफ्नो शक्तिहरुको यो ज्ञानले मनुष्यमा अधिक परिश्रम गर्ने शक्ति जगाउँछ । अलिकति उन्नति हुनासाथ साधारण क्लर्क पनि आफ्नो शक्तिभन्दा धेरै गुणा बढी काम गर्न समर्थ हुनपुग्दछ । शक्तिको यो बन्द रहुन्जेलसम्म महानता पनि लुकिरहन्छ । याद राख्नुहोस्, तपाँई आज जे हुनुहुन्छ त्यो महत्वपुर्ण छैन । बरु तपाई भोलि के बन्न सक्नुहुन्छ त्यो महत्वपुर्ण छ । एउटा व्यापारिले कहिले पनि आफ्नो पुँजीलाई ब्याज र लाभ केहि नमिल्ने व्यापारमा लगानि गर्न चाहँदैन । के तपाईलाई थाहा छ, कतै तपाईपनि पनि यस्तै त गरिरहनुभएको छैन ? तपाईले पनि आफ्नो पुँजी कुनै यस्तै व्यापारमा लगाउनुभएको छ ? तपाईभित्र त धनभन्दा धेरै मुल्यवान पुँजी छ । तपाई त्यसको उपयोग किन गर्नुहुन्न ?

बैंकमा थुपै्र पैसाभएर पनि कुनै व्यापारिले आफ्नो उधारो पनि चुकाउन सक्दिन भनि सोचिरहन्छ भने उसलाई तपाई के भन्नुहुन्छ ? तर तपाँईको अवस्था त त्यो भन्दा खराव छ, किनभने तपाईसँग रहेको महान् योग्यताहरुको पँुजी बेकार रहेको छ । यदि तपाईसँग यति धेरै धन छ भने किन गरिबीमा नै सारा जीवन नष्ट गर्न लागिपर्नुभएको छ ? आफुभित्रको महान् व्यक्तित्वलाई ब्युताउने प्रयात्न गर्नुहोस् । आजसम्म तपाईले यस्तो गर्नुभएको छैन । अहिलेसम्म बेकार परेको तपाईको महान् शक्ति र प्रतिभा फेरि ब्युताउनको लागि उठ्नुहोस्, आफ्नो जीवनको योजना बनाउनुहोस् ।

भोली मिति २०७६ साल जेठ महिनाको २४ गते शुक्रबार । अंग्रेजी पात्रोअनुसार २०१९ जुन महिनाको ७ तारिख हो ।
मेष–धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । बृष –नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

मिथुन–मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । लासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा ष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । कर्कट–आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

सिंह–ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन । कन्या–पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

तुला–पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बृश्चिक –परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

धनु–सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । मकर–दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

कुम्भ –तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ । मीन–छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार