कैलालीमा भिषण हावाहुरी, चट्याङ लागेर ६ जना घाइते

  मूलधार पोष्ट  377 पटक हेरिएको

कैलाली-कैलालीमा पनि अहिले हावाहुरी सँगै भिषण वर्षा भईरहेको छ। हावाहुरीका कारण ठुलो जनधनको क्षती हुनसक्ने अनुमान प्रहरीको छ। प्रहरीले हावा हुरी र पानी जारी रहेकाले कहाँ के भयो अहिले भन्न नसकिने बताएको छ। घरबाट बाहिर निस्कने अवस्था छैन।

विद्युत सेवा अवरुद्ध हुँदा चारै तिर अन्धकार रहेको छ। अहिलेपनि हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। अत्तरियामा रहेको चोक समेत हावाहुरीले ढालेको खबर प्राप्त भएको छ । अहिलेसम्म धनगढीमा आधीहुरीका कारण ढुङ्गे बजारमा एक जनाको मृत्यु भएको भन्ने खवर आएको छ  भने धनगढी र कञ्चनपुरमा हावाहुरीकै कारण १४ जना घाइते भएको खबर प्राप्त भएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा चट्याङ लागेर ६ जना घाइते भएका छन्। बिहीबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङमा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल तर्फ गईरहेको उपरिक्षक माझीले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार