मिडिया आलु प्याजको खेती होइन् : मन्त्री बाँस्कोटा

  पत्रपत्रिका खबर  190 पटक हेरिएको

सिन्धुली- सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया आलु प्याजको खेती नभएको बताउनु भएको छ । आईतबार सिन्धुलीमाढीमा प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मिडिया आलु प्याजको खेती नभइ विचारको खेती भएको बताउनुभएको हो ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि सरकार भन्दा पनि नागरिकप्रति जवाफदेही बनाउनका लागि ल्याएको दाबी गर्नुभएको छ । पत्रकारको पारिश्रमिकको ग्यारेन्टी गर्नका लागि र अराजकतालाई नियन्त्रण गर्न विधेयक ल्याएको जानकारी दिनुएको छ ।

मन्त्री बाँस्कोटाले सरकारले नागरिकको हित हुने गरी बजेट ल्याएको र महत्वकांक्षी बितरणमुखी नभई परिणाममुखी भएको बताउनुभयो । सरकार परिवर्तनको प्रसंगमा बोल्दै बाँस्कोटाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । रछ्यानमा कुखुराले कोट्याएको जस्तो नभइ आकाशमा कावा खाएर सम्पूर्ण नागरिकको हितमा काम गर्न सरकार प्रतिवद्ध रहेको बाँस्कोटाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार