जलहरी यातायात द्वारा ग्यारेज संचालनमा

 382 पटक हेरिएको

शिव भट्टराई -इटहरी जेठ २३ गते ।
बैदेशिक रोजगारबाट फर्केका युवाहरुद्वारा पुर्वमा जलहरी यातायात सेवा सुरुका साथै ग्यारेज संचालनमा आएको छ ।
मोरंङको सुन्दरहरैचा नगरपालिका(५ को बलियामा भर्खरै संचालनमा आएको ९ वटा बसको सेवा शुरु भएको हो ।

धरान काकरभिट्टा र बिराटनगर काकरभिट्टाको रूट हुँदै चल्दै आएको सो यातायत निकै सुबिधा सम्पन्न यातायात हो।
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु टंक प्रसाद आचार्य , रोशन ढकाल , सोमनाथ सपोकोटा , होम शंखर आचार्य त्यसैगरी लीला प्रसाद चौलागाई लगायतको टिमले सो यातायतको संचालन गरिएको हो ।

वैदेशिक रोजगार बाट फर्केका युवाहरु मिलेर आफ्नै देशका केहि सेवा मूलक व्यवसाय गर्ने उदेश्यले जलहरी यतायात स्थापना गरी सेवा प्रदान गर्न सो गाड़ी संचालन गरिएको छ ।
जलहरी यातायातद्वारा संचालित यस ग्यारेजमा बस , ट्रक , ट्राकटरको बिग्रेको पार्ट पुर्जाहरु मर्मत गरिने त्यसैगरी यसले १०० भन्दा बढी बेरोजगार युवाहरुलाई रोजगार प्रदान गरेर देशको बेरोजगारी जस्तो समस्यालाई न्यूनिकरण गर्न सहयोग पुर्याइरहेको जलहरी यतायतका सचिव रोशन ढकालले बताउनु भयो।

सो उद्घाटन कार्यक्रममा अध्यक्ष टंक प्रसाद आचार्य त्यसैगरी संयोजक सोमनाथ सापकोटाले-
“निकट भविष्यमा यसबाट नेपाल अधिराज्य भरीकै नेपाली तथा नेपालमा पर्यटन गर्न आउने पर्यटकहरुलाई पनि पूर्ण रूपमा यातायातको सेवा प्रदान गर्दै संचालनमा ल्याउने उदेश्य राखेका छौं।
भविष्यमा हामी सुविधा सम्पन्न गाडीहरु ल्याएर थप सुविधा दिने वचन वाध्यता गर्छौ।

सरकार पक्षबाट पनि केहि राहत भए हामी व्यवसायीलाई पनि धेरै सहज हुने थियो भन्ने अभिलासा लिएका छौं।।। “
भन्ने कुराहरु राख्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार