बर्षाैदेखि खानेपानीको समस्यामा कुँडीका स्थानिय

  मूलधार पोष्ट  151 पटक हेरिएको

बाजुरा-जिल्लाको बुढिगङ्गा नगरपालिका – १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ । वैकल्पीक उर्जा प्रबन्द्धन केन्द्र दिपायलले २०६२/०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सोलारले पानी तानेर खानेपानी निमार्ण गरिदिएको भएपनि अहिले आएपछि पानी बन्द हुँदा विद्यालयलाई खाने पानीको समस्या भएको हो ।

स्वलार प्रविधि जडान गरि ल्याइएको खानेपानीको लाइनमा समस्या आउँदा छात्र छात्रालाई पानिका लागि आधा घण्टासम्मको दुरीमा जानु पर्ने बाध्य हुँदा विद्यार्थीको दैनिक पठन पाठनमा समेत असर परेको विद्यालयका प्रधानाध्यापक कृष्णा कुमारी सिंहले जानकारी दिनुभएको छ । तल बस्ती माथि सुख्खा डाँडोमा विद्यालय भएका कारण खानेपानीको अन्य श्रोत लागि पनी कतै पानीको मुहान नभएको र टाढाबाट पानी ल्याउन ठुलो योजना नपरेको हुँदा खानेपानीको समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरभान परीले बताउनु भयो ।

अध्यक्ष परीका अनुसार जिल्लाको सबै भन्दा बढी खानेपानीको समस्या भएको कुँडीमा, चुनावको बेलामा विभिन्न राजनीतिक दलले भोट माग्नको लागि आ–आफ्ना लागि चुनावी मुद्दा बनाएको भएपनि अहिले सम्म कसैलेपनी गाउँ र विद्यालयका लागि पूर्णरुपमा खानेपानीको योजना ल्याउन पहल नगरेको विव्यस अध्यक्ष परीले गुनासो गर्नुभयो ।

बुढीगंगा १ माथिल्लो कुँडीमा बसोबास गर्दै आएका २५६ घरपरिवार पनी खानेपानीको निकै सास्ती खेप्दै परेको स्थानीय अम्भा ल्वारले बताए । ल्वारले भन्नुभयोे वैकल्पीक उर्जा प्रवन्द्ध केन्द्र दिपायलले बनाएको हाँडेखोलाबाट करिब एक किलो मिटर टाढाको दुरीबाट सोलार प्रविधिबाट पानी तानेर विद्यालय र गाँउमा पानी खुवाउदै आएको थियो । अहिले त्यहि सोलारको तारमा आएको खराबीका कारण उक्त पाइपलाइनमा पानी नआएपछि खानेपानीको समस्या सृजना भएको हो । खानेपानीको समस्या हुँदा विद्यालयमा रहेका शौचालय पनि दैनिक फोहर हुँदै गएपछि पुरै विद्यालयमा दुर्गन्धित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार