हराउदै बाजुराका परम्परागत कोल

  मूलधार पोष्ट  176 पटक हेरिएको

बाजुरा-प्रविधिको विकासक्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोलहरू लोप भएका छन् । जिल्लाका ग्रामिण क्षेत्रमा यातायतको पहुँच बढ्दै जानु तथा विद्युत मिलको विकाससंगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थाले पछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका २ का स्थानिय हर्क महतले बताउनुभयो ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमि हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोग विहीन बन्दै गएका हुन् ।

जिल्लामा सयौंको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिनहरु हराउदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेती समेत लगाउन छोडेको २ कै स्थानीय औला कार्कीले बताइन् ।

करिब एक दशक अगाडी जिल्लाका विभिन्न ठाउमा सञ्चालन भैरहेका कोलहरु अहिले अस्तीत्व समेत देखिन मुस्किल भएको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले संगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिउको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार