इटहरीका मेयरउग्र : लाइभ कार्यक्रमै बोली पिच्छेनै गाली र धम्की (भिडियो अन्तरवार्ता)

  मूलधार पोष्ट  347 पटक हेरिएको

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दश करोड लागे पनि पत्रकारलाई सिध्याउने बताएका छन। मंगलबार पत्रकारको नाकको हड्डी भाँच्न पत्रकारलाई धम्की दिएको समाचाहरु बाहिरिएको थियो। उक्त विषयमा ‘सिधा कुरा जनासँग’ कार्यक्रममा फाेनमार्फत प्रत्यक्ष कुरा गर्दै दश करोड लागे पनि पत्रकारलाई सिध्याउने अभिव्यक्ति दिएका हुन। कार्यक्रममा ‘एक करोड खर्च गरेर पत्रकारलाई सिध्याउछु भन्नु भएको छ अब के गर्नु हुन्छ’ भनेर साेधिएकाे प्रश्नमा मेयर चौधरीले भने- ‘एक करोड होइन दश करोड लागे पनि सिध्याउछु, रिस उठ्यो भने ।’ उनले पीत पत्रकारिता गर्नेलाई कालो मोसो दलेर घुमाउने पनि बताए। पत्रकारको दादागिरी भएको भन्दै उनले प्रतिप्रश्न गरे ‘कलम छ भनेर दादागिरी देखाउने?

उनले भने- ‘कम्जोरहरुले प्रहरीको सहायता लिन्छ, आदलतको सहायता लिन्छ, म त्यस्तो कम्जोर छैन। उनले आफू नेकपाको कार्यक्रर्ता भएकाे र २० वर्षदेखि राजनीति गर्दै आएको आएको बताउँदै भने- ‘मलाई थाहा छ, कुन बाटो कारबाहाी गर्ने हो, जस्तालाई जस्तै ढिँडालाई निस्तै, तह लागउछु, तह लगाई सके, लोपार्दी सके अब कालो मोसो दल्छु। मेयर चौधरीले आफूले दुई जना भ्रष्टाचारी कर्मचारीलाई निकाली सकेको र अब १२ जना भ्रष्ट कर्मचारीलाई निकाल्ने पनि बताए। उनले भ्रष्टाचारीलाई झुण्डाएर राखेको पनि बताए। उनले भने- ‘भ्रष्टा कर्मचारीहरू घिरौला जस्तो झुण्डाएर राखेको छु।’ पार्टीले आफूलाई राम्राे काम गरेकाे पनि उनले बताए। उनले भने, ‘पार्टीले इमानदार छ, जे गर्दैछ ठिक गर्दैछ भन्छ पार्टीले।

त्यस्ता दादागिरी मैले पनि देखेको छु। उनले पत्रकारलाई ‘पत्रुकार’ र चाटुकार भन्दै गाली समेत गरे । उनले आफूले धम्की दिएको भन्दै कारबाही गर्न चुनैति पनि दिए उनले भने- ‘मैले धम्की दिए, कारबाही गर्नु। खुल्ला चुनैति खुल्ला, ओपन च्यालेन्ज विराट अनुपम। इटहरीका एक जना पत्रकारलाई नुन घोलेर टाउकोमा हालिदिए विस्थापित भएको पनि बताए। उनले भने- ‘इटहरीका एक जना पत्रकारलाई नुन घोलेर टाउकोमा हालिदिए विस्थापित भए पीत पत्रकारीता गर्नेलाई इटहरीमा यस्तै साशन चल्छ। उनले जनप्रतिनिधिलाई गाली बेज्जती गर्ने पत्रकारलाई छुट नभएकाे पनि बताए। पत्रकारले बेज्जती गरेकाे भन्दै पत्रकार र अदालतले आफ्नो क्षतिपूर्ति पनि दिन नसक्ने पनि उनले बताए। कम्जोरहरुले प्रहरी र आदलतको सहर लिने समेत बताए।

उनले पत्रकारले अरूको इसारामा कलम चलाएको पनि बताए। उनले तत्कालीन नेकपा एमालेका रामप्रसाद चौलागाईको इसारामा चलेर आफ्नो बेइज्जती गरेको पनि बताए । उनले भने, ‘अरूकाे इसारामा चल्ने? पाँच वर्षपछि मेयर बन्ने? हुँदै गर मेयर, कसरी बन्छौँ मेयर, म पनि हेर्छु।’ भ्रष्टाचारी केदार प्रसाद चौलागाईलाई आफूले पिटेको पनि बताए। उनले भने, खानेपानी, पाइप बिछ्याउने, किसानको घाटी रेड्ने यस्ता घुसखोरी, दालालहरुलाई हात छाडेर हातले हान्छु। उनले फटाहालाई बाँकी नराख्ने पनि बताए। उनले भने, ‘चाहे अधिकृत होस्, चाहे पत्रकार होस् जो-जो मान्छे फटाहा छन त्यसलाई बाँकी राख्दीन, कालाे माेसाे दलेर घुमाउँछु। हेर्नुहोस् सिधा कुरा जनतासंगको कुराकानीको भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार