सुत्नेसमयमा भोली जेठ २३ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  1065 पटक हेरिएको

राशिफल पढ्नुभन्दा पहिले सफलताको लागि एउटा प्रेरक प्रसंग पढाैं । र पढीसकेपछि शेयर अनिवार्य गराैं है ।
एकदमै कम मानिसले मृत्युअघि आफुलाई चिन्न पाउँछन् । आफुलाई चिन्नका लागि मनुष्यले आफुबाट बाहिर निस्केर तटस्थ बनी आत्मनिरिक्षण गर्नूपर्दछ । एउटा प्राचिन कथा अनुसार ईश्वरले मानवलाई लामो जीवनयात्राका लागि तयार गरिरहँदा अन्य विशेषताहरु सँगसँगै देवदुत मानवलाई पुर्ण सन्तोषको बरदान पनि दिन थाले । तर ईश्वरले उनलाई रोक्दै भने, ‘हुँदैन, यदि तिमीले मनुष्यलाई पुर्ण सन्तोष प्रदान गर्यौ भने उसको खोजपुर्ण जीवनको सम्पुर्ण प्रसन्नता नै नष्ट हुनजान्छ ।’ आफ्नो महान् व्यक्तित्वको झलक पाउने र अलौकिक बिशेषता र शक्ति चिन्ने क्षण जसको पनि जीवनमा महत्वपुर्ण र महान हुन्छ मनुष्यको सुतिरहेको ईश्वरत्व जगाईदिने घटना नै जीवनमा चिरस्मरणीय हुन्छ ।

न्युयोर्कका एक प्रिन्सिपलले आफ्नो अनुभव बताउँदै लेखेकि छन्,‘यो संसारमा मेरो पनि आवश्यकता छ भन्ने अनुभव भएपछि मलाई मभित्र एक व्यक्तित्व छ जस्तो लाग्यो, जुन संसारलाई पनि आवश्यक छ । त्यसबेला देखि म विद्यालयलाई नै सबथोक मान्दिन, किनभने यो सारा संसार नै विद्यालय हो र त्यसैले पनि मेरो कार्यक्षेत्र अनन्त छ ।’ ती महिला एक सफल शिक्षिका सिद्ध भइन, किनभने उनले आफ्नो जीवनको महान लक्ष्य चिनीसकेकि थिईन । उनको पालनपोषण ऐश्वर्यको काखमा भए पनि शिक्षक–जीवनका लागि उनको अन्तरआत्मा यति इच्छुक थियो कि उनी बिस्तारै त्यसतर्फ तानिदै आईन । त्यस शिक्षण कार्यमा उनले आफुलाई पूर्ण विकास गर्नुको साथै अन्य महिलाहरुको आत्मविश्वासमा पनि सहयोग गरिन् ।

मानिसलाई तिनीहरुकोे सुतिरहेको शक्तिहरु र लुकेको महानतासँग परिचित गराउनु संसारको एकदमै कठिन काममध्ये एक हो । किनभने मानिसहरु आफ्नो व्यक्तित्व र शक्तिहरुको पुरा जानकारि नै राख्दैनन् न त तिनीहरु त्यसका लागि प्रयत्न गर्छन । यस सम्बन्धमा एउटा पौराणिक कथाको याद आउछ एक पटक सबै देवताहरुमा विश्व परिक्रमा गर्ने होड चल्यो । पृथ्वीको चक्कर कसले सबैभन्दा पहिला लगाएर आउँछ भन्ने निश्चय गर्न सबै देवता आ–आफ्नो वाहनमा बसेर निस्के । सबैका वाहन तेज चल्ने खालका थिए –रथ, घोडा, सिंह, हात्ती आदि ।

तर गणेशजीको बाहन मुुसा सबैभन्दा विस्तारै हिँड्यो । सबै देवताहरुले गणेशलाई हाँसोमा उडाउँदै भन्न थाले,‘मामुली मुसाको रथ र घोडासँग के तुलना ! अवश्य पनि गणेशजी पछाडि फर्कनेछन् ।’दौड सुरु भयो । सबै देवता आ–आफ्ना बाहनमा बसि तेज गतिमा जान थाले । परिणाम त्यहि भयो । गणेशजी सबैभन्दा पछि फर्केर आए । निर्णय घोषित गरियो । गणेशजीलाई सर्वप्रथम घोषित गरिएपछि सबै आश्चर्य चकित भए । कारण बताउँदै निर्णयकले भने, ‘गणेशले विजय प्राप्त गर्नुको सहस्य के हो भने उनले तपाई सबैले जस्तो केवल विश्वको मात्र परिक्रमा नगरि बरु आफ्नै चारैतर्फ पनि चक्कर काटेका छन् । तपाईहरु सबै त संसारकै मात्र चक्कर लगाएर छिटो फर्किने उत्सुकतामा आफुले आफुलाई भुल्नुभयो, तर गणेशजीले आफुले आफुलाई नबुझेसम्म संसारको ज्ञान अधुरो छ भन्ने बुझेका छन् यो हो ‘आफुलाई चिन्नुु’ शब्दको महत्व ! साच्चै आफैलाई नबुझेसम्म हामीले विश्वलाई बुझ्न सक्दैनौ ।

भोली मिति २०७६ साल जेठ महिनाको २३ गते बिहिवार । अंग्रेजी पात्रो अनुसार २०१९ जुन महिनाको ६ तारिख  मेष– राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ । बृष – कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन ।

मिथुन–मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । कर्कट– दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।

सिंह– सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले बन्दव्यापार र पेसा/व्यवसायमा असर पर्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । यद्यपि प्रशासनिक झैझमेला र मुद्दामामिलाबाट केही हदमा लाभ लिन सकिने छ ।दिनभरि पारिवारिक वातावरण आफ्नै पक्षमा रहने छ, तर साँझपख चन्द्रमा अझ खर्चबृद्धि गराउने घरमा पुग्नेछ । कन्या– व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

तुला–भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । बृश्चिक– उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।

धनु–सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन् । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन । के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । मकर– आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

कुम्भ–  बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ ।मीन– साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार