एसईईको परिक्षाफल असार अन्तिममा प्रकाशित हुने

  मूलधार पोष्ट  479 पटक हेरिएको

काठमाडाैं- गएको चैत २०७५ मा सम्पन्न भएको एसईईको परिक्षाफल आउदो असार अन्तिम साता प्रकाशन हुन भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्ष एसईईको परक्षिाफल प्रकाशन केही पछि धकेलिने संकेत गरेको हो । प्रदेश २ विज्ञान विषय र सामाजिक शिक्षाको प्रश्नपत्र बाहिरिएर परिक्षा स्थगित भएको थियो । स्थगित भएको परिक्षापछि सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजन प्रक्रियाले पर्याप्त कर्मचारी नहुँदा उत्तरपुस्तिका परिक्षणमा असर परेको परिक्षा नियन्त्रक विष्णु अधिकारीले बताए ।

यस पटकदेखि अन्तर प्रदेश उत्तरपुस्तिका परिक्षण थालेको भएपनि परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ मा उत्तर पुस्तिका परिक्षणको काम भर्ख शुरु गरेको हो । ८० प्रतिशत उत्तरपुस्तिका परिक्षणको काम सकिएर केन्द्रमा आइसकेको परिक्षा नियन्त्रक अधिकारीको भनाइ छ ।

उत्तरपुस्तिका परिक्षण कार्य सकिएलगत्तै टेबुलेसन गरेर परिक्षाफलका लागि जुट्ने उनले बताए । गतवर्ष असार ११ गते परिक्षाफल प्रकाशित भएको थियो भने यस वर्ष दुई सातापछि धकेलिने नियन्त्रक अधिकारीले जनाएको छ । यस पटक एसईई परिक्षामा ४ लाख ७७ हजार विद्यार्थी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार