पशुपति क्षेत्र विकास कोषको सम्पत्ति विवरण सार्बजनिक

  मूलधार पोष्ट  140 पटक हेरिएको

काठमाडाैं-पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण बुधवार सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलन मार्फत गरिएको सार्वजनिक विवरण अनुसार कोषमा मन्दिरको नाममा एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २१५ रुपैयाँ ५२ पैसा नगद सहित नौ किलो दुई सय ७६ दशमलव ६४ ग्राम सुन र तीन सय १६ किलो पाँच सय ८६ ग्राम चाँदी जिन्सी मन्दिरको सम्पत्तिको बारेमा जानकारी दिईएको हो ।

यसैगरी मन्दिरको अचल सम्पत्तिमा दर्ता प्रमाणित भएका जग्गा तीन हजार ६ सय ६७ रोपनी ,४ आना ३ पैसा , जग्गा दर्ता प्रमाणित हुन बाँकी रहेको जग्गा दुई सय ३१ रोपनी १० आना १ दाम रहेको बताईएको छ । यी बाहेक मन्दिरको अन्य सम्पत्ति पनि लुकेको हुन सक्ने र व्यक्ति बिषेशले आफु खुसी प्रयोग गरिरहेको हुन सक्ने भएकाले त्यस्ता सम्पत्तिको खोजी भईरहेको बताईएको छ ।

साथै पशुपति मन्दिरको मुख्य ढुकुटी अझैसम्म नखोलिएको र उक्त ढुकुटीमा अर्बौ÷खर्बौको सम्पत्ति हुन सक्ने पनि अनुमान गरिएको छ । यी सबै विवरणहरु पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानवीन समितिले सार्वजनिक गरेको हो । २०१९ सालदेखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो।२०१९ सालभन्दा अघिको विवरण भने कोषले खुलाएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार