गाएक बन्ने सपना पुरा भयो रामचन्द्रको

  मूलधार पोष्ट  308 पटक हेरिएको

राजेन्द्र बहादुर रोकाया, बाजुरा-जिन्दगीमा सबैको चाहाना एउटै हुन्छ, आफु ठुलो मान्छे बनेर सबैले चिनुन् भन्ने तर यस्ता चाहानाहरु मानब जिवनमा कमैले मात्र पुरा गरेका हुन्छन् । सफल यस कारणमा भएका हुन्छन् उनिहरुले जिन्दगीमा ठुलो मेहेनेत र परिश्रम गरेका हुन्छन् । त्यस कारणा जिन्दगीलाई मेहेनेत र परिश्रमले सफल मार्गमा पु¥याउन सहयोग गर्दछ । तर कसै–कसैले धेरै मिहेनेत गर्दा पनि सफल र चाहेको मार्गमा पुग्न सक्दैनन् । किनकी सफल र चाहेको मार्गमा पुग्न उस्ले कुनै उदेश्यनै लिएको हुदैन र उद्देश्य बिनाको महेनेत गरीरहेका हुन्छन् । मानिसले हरेक काम गर्दा उद्देश्य लिएर अघाडी बड्न जरुरी देखीन्छ ।

यसरी नै जिन्दगीमा मेहेनेत र परीश्रम, गरी आफ्ना इक्षा चाहाना पुरा गर्ने सफल भएका छन् पछिल्लो समयमा गाएक भनेर चिनिन थालेका छन् जो हुन् बाजुराको गौमुल गाउपालिकामा जन्मीएका रामचन्द्र बोहरा, उनको नाम पछिल्लो समयमा मिडीयामा पनि सुन्न पाईन्छ र सुनिन्छ पनि सानै उमेर देखी स्कुल पड्दा सम्म गित संगितमा निकै रुची राख्थे, सानै उमेर देखी गित संगितमा रुचि राख्दै आएपनि आफु एउटा गरीब घरपरियारमा जन्म लिएका बोहराले आफ्नो गाएक बन्ने सपना अधुरो हुने ठम्याएका थिए ।

तर पनि जिन्दगीमा कहील्यै हार खाएनन् म गाएक बन्ने सपना पुरा गरी छोड्छु भन्ने हिम्मतका साथ लागीपरे, २०५६ साल असोज १४ गते जन्मियका बोहराले कक्षा १० सम्मको पढाई गाउ नजिकै रहेको फुल्पाटा माबीमा पुरा गरेका थिए । कक्षा १० को पढाई सकाएपछि कामको सिलसिलामा उनि पोखरा गए पोखरामा रहेको माछापुच्छ्रे उड ईन्डस्टिज मा काम गरेर अलि भएपनि आर्थिक जोहो गरे, करीब २ बर्ष पोखरामा काम गर्दै गर्दा एउटा गित गाउने मौका पाए, बाजुरा जिल्लामा नै जन्मिएका गाएक एबम् संगितकार राम बहादुर दानीको सब्द संगित रहेको बैकिनी नामक लोक पप देउडा गित उनले २०७५ पौस २५ गते तिर रेकर्ड गर्ने सफल भएका थिए । त्यौ गित संगै बोहराको सांगितीक यात्रा सुरु भयो, जिन्दगीमा हरेक उताब चडाब झल्दै सांगितीक यात्रामा प्रबेश गरेका बोहराले आफुलाई सबै दर्षक श्रोतालाले रुचाईदिने आसामा रहेका छन् ।

सुमधुरका सोरका धनी बोहराले जिनदगीमा धेरै संघर्ष गरीसकेका छन् । बोहरा बुबा नरबहादुर बोहरा र आमा झिमा बोहराका जेष्ट सन्तान हुन् । उनी अहिले २० बर्षका भए, गाएक बन्न आफ्नो सपना पुरा गर्नमा आमा बुबाको सहयोग रहेको गाएक बोहराले बताएका छन् । उनले भने आमा बुबा र आफन्तको सहयोग नहुदो हो त यौ स्थानमा पुग्न समस्या हुन्थो, आफ्ना हरेक इच्छा चाहान पुरा गर्नमा ठुलो सहयोग पुगेको बताएका छन् । त्यस्तै आफुलाई त्यौ क्षेत्रमा पुगाउन सहयोग गर्ने गाएक एबम् संगितकार रामबहादुर दानीलाई समेत उत्तिकै सम्झिन्छन् । यस्तै आफुलाई गाएक बनाउन बझाङबाट बजै फागुनी जेठाराले १० हजार सहयोग गरेको गाएक बोहराले बताएका छन् । सांगितीक यात्रा सुरु भएपछि एक पछि अर्को गर्दै गित गाउने मौका पनि पाउदै आएका छन् । बैकिनी देउडा गित पछि अहिले निकै मार्मिक लोक दोहेरी गित फेरी रेकर्ड भएको छ ।

रिता शाही रितुको शब्द सिर्जनामा रेहेको जाउजाउ सानु बोलको लोकदोहोरी गित मालश्री रेकडिङ स्टुडीयोबाट रेकर्ड सम्मपन्न भएको छ । जसमा स्वर रहेको छ गाएक रामचन्द्र बहरा र रिता शाही रीतुको गित भिडियो सहित छिट्टै बजारमा आउने गाएक बोहराले बताएका छन् । हरेक संघर्ष पछि बोहराले गाएक बन्ने सपना पुरा भएको बताएका छन् । आफ्ना जतिसुकै गित आएपनि रुचाईदिने आस गरेको गाएक बोहराले बताएकाछन् । कलाकारीता क्षेत्रमा नै प्रबेश गर्ने उदेश्यले नै पोखरामा छिरेका बोहराको गाएक बन्ने सपना पोखरा गएको २ बर्ष नबित्दै आफ्नो गाएक बन्ने सपना पुरा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार