सुत्नेसमयमा भोली जेठ २२ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

  भोलीको राशिफल  974 पटक हेरिएको

राशिफल पढ्नुभन्दा पहिले यो प्रेरक प्रंसंग अनिवार्य पढ्नै पर्ने । एकपटक नरेन्द्र नामका एक बालक वनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहले घेर्यो। बालकको हातमा प्रसाद थियो । बाँदर उनको हातबाट प्रसाद खोस्न चाहन्थे । बाँदरको समूह आफूतिर आउँदै गरेको देखेपछि बालक निकै डराए । उनी आत्तिएर थरथर काम्न थाले । उनी बाँदरबाट आफूलाई बचाउने उपायबारे सोच्न थाले । तर, कुनै उपाय नदेखेपछि उनी बाँदरलाई छलेर भाग्न थाले । तर, ती बाँदरले उनलाई पछ्याउन छाडेनन् । उनी बाँदरको डरले दायाँबायाँ कतै नहेरी दौडिए ।

यो सबै दृश्य नजिकै रहेका एक वृद्ध सन्न्यासीले देखिरहेका थिए । उनले बालकलाई सम्बोधन गर्दै भने– ए बालक, तिमी बाँदरबाट डराएर कता भाग्दै छौ रु डराउन छाड र निडर भई बाँदरको सामना गर । यसरी डराएर भाग्दैमा समस्याको समाधान निस्किँदैन । समस्याको त सामना गर्नुपर्छ । त्यसैले तिमी पनि समस्यबाट नभाग, फर्किएर सामना गर । वृद्ध सन्न्यासीको आवाज सुनेपछि ज्यान बचाउन भागिरहेका बालक अचानक रोकिएर बाँदरतिर फर्किए अनि बिस्तारै पाइला अघि बढाए ।

बालक रोकिएपछि अचम्मै भयो । एकाएक उनलाई झम्टिँदै पछि लागिरहेका बाँदर पनि रोकिए । एकैछिन बालकलाई हेरेर ती बाँदर आफ्नो बाटो लागे । बाँदर बाटो लागेपछि बालक दंग परे । ती बालक पछि गएर स्वामी विवेकानन्दका रूपमा विख्यात भए । उनलाई समस्यासित जुध्न र समस्याबाट नभाग्न प्रेरित गर्ने सन्न्यासी थिए, स्वामी रामकृष्ण परमहंस ।मेष – मेष राशिहुनेहरुको लागि भोली जेठ २२ गतेका दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला ।

विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष– विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

भोली मिति २०७६ साल जेठ महिनाको २२ गते बुधबार । अंग्रेजी पात्रोअनुसार २०१९ जुन ५ तारिखको राशिफल
मिथुन– हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कर्कट– समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

सिंह– लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । कन्या– प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

तुला– काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । बृश्चिक –आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

धनु – जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । मकर– रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

कुम्भ– बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । मीन– एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार