कालिकोट पीडा : हेटिकप्टर चार्टर गर्दापनीजोगिएन सुत्केरीको ज्यान

  पत्रपत्रिकाबाट  548 पटक हेरिएको

कालिकोट-  कालिकोट जिल्ला अस्पताल कालिकोटमा अप्रेसन गरेर सुत्केरी गराएकी चन्द्रा शाहको मृत्यु भएको छ । सोमवार वेलुका ४ वजे अप्रेसन गराएर छोराको जन्म गराए लगतै भएको रक्तश्रावका कारण उनलाई मंगलवार बिहान १० वजे हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागी शिक्षण अस्पताल महाँराजगञ्ज काठमाण्डौमा लगिएको थियो ।

तर त्यहाँ पुगेको केही समयमा उनको ज्यान गएको पारिवारिक श्रोतले वताएको छ । अत्याधिक रक्तश्रापका कारणले ज्यान जाने खतरा वढेपछि थप उपचारका लागी काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर कौसल अलीले वताए । उने भने अप्रेसन गरेर वच्चा निकालियो । वच्चा निकालेको केही समय पछि उच्च रक्तश्राप भयो ।

रात भरि लगातार रगत चडाएर राखिएको थियो । तर पछि उनको ज्यान गएको नगएको वारे आफुलाई जानकारी नभएको अस्पतालले वताएको छ । डाक्टर कौसल अलीले आईसियुमा राखिएको छ मृत्युका वारेमा आफुलाई जानकारी नभएको वताए । अस्पतालले मृत्यु स्वीकार नगरेपनि पारिवारिक श्रोतले उनको मृत्यु भईसहेको र अस्पतालवाट वाहिर निकाल्ने तयारी भईरहेको वताएका छन । आफ्न्त राजकुमार शाहीले अस्पतालले आफु जोगिन मृत्यु भएको भन्न नखोजेको हो, मृत्यु भईसकेको हो उनले भने ।

शाहको मृत्यु भएपनि उनको कोखवाट निकालिएको वच्चा भने निकै स्वस्थ छ । गर्भवती भएको ४२ हप्ता पुगिसक्दा पनि सुत्केरी ब्याथा नलागेपछी औषधी प्रयोग गरिएको थियो । औषधी प्रयोग गर्दा सुत्केरी ब्याथा लाग्यो पाठेघरको मुख पनि खुल्यो तर वच्चा जन्मीएन ।

त्यसको बिकल्पमा अप्रेसन गरियो । अप्रेसनकै क्रममा पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकोप्टर चार्टर गरेर काठमाण्डौ लगिएपनि ज्यान जोगाउन नसकिएको प्रति आफ्न्तहरु स्तब्ध भएको छ । जिल्ला अस्पताल कालिकोटवाट यस आर्थिक वर्षमा १ सय ६३ जना महिलाहरु सुत्केरी हुन आएका मध्य तीन जनालाई हेलिकोप्टर चार्टर र एक जनालाई गाडीवाट रिफर गरिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । जस मध्ये एक जनाको गाडीमा लैजाँदै गर्दा वाटोमा एक जनाको ज्यान गएको थियो ।

चन्दा शाहको मृत्यु पछि दुई जनाको ज्यान गएको छ । गत आर्थिक वर्षको अन्तीममा दुई जना सुत्केरी आमाको ज्यान गएको थियो । केही समय निकै राम्रो सेवा प्रदान गरेको जिल्ला अस्पताल कालिकोटमा पछिल्लो समय निकै ठुलो लापरर्वाही हुँदै आएको नागरिकहरुले गुनासो गरेका छन । तर जिल्ला अस्पतालका कर्मचारी भने आफुहरुको लापरर्वाही नभएर बिरामीको अवस्थाका कारण ज्यान जाने गरेको र अप्रेसन पछि हुने उच्च रक्तश्रावका कारणले आफुहरु असफल हुदै आएको वताउने गरेका छन । उनिहरुले समयमा अस्पताल नआउने र नियमित स्वास्थ्य संस्थामा गर्वमा रहेको वच्चा र आफ्नो स्वास्थ्य परिक्षण नगराउनु नै मृत्युको मुख्य कारण भन्दै आएका छन ।

चन्दा शाह त नियमित अस्पताल जाने गरेको र डाक्टरहरु तपाईको सामान्य हो भन्दै झुक्काएर ज्यान लिएको आफन्तले वताएका छन । चन्दाका श्रीमान नेपाली प्रहरीको असई पनि हुन उनले डाक्टरहरु संग वारम्वार सल्लाह लिने गरेका थिए । तर डाक्टरहरुले सामान्य हो भन्दै यतै सुत्केरी गराउन सकिने वताउदै आएका कारणले आज ज्यान गएको आफन्तले वताएका छन । वास्तविक कारण के हो आज सम्म यती धेरै आमाहरुको मृत्यु हुनुको यस बिषयमा नेपाल सरकारको स्वतन्त्र निकायले अनुसन्धान गर्न र त्यसको रिर्पोट सार्वजनिक गरि दोषिलाई हदै सम्मको कार्वाही हुन जरुरी छ ।

हेलिकोप्टरवाट काठमाण्डौ पठाईरहेका वेला चन्दाको कुनै होसमा थिइनन । उनका आफन्तहरु पुरै कोलाहल गरिरहेका थिए । उनलाई कुनै त्यसको अत्तो पत्तो थिएन । आफ्न्तको रुवाबासिले उनको मृत्युको तितो अनुभव गरिरहेको थियो । सबै आफ्न्तहरु रुदै थिए ।

श्रीमान अर्ध पागल जस्तै थिए । आफ्न्तले उनलाई सम्झाउने हिक्मत पनि गर्न सकेका थिएनन । किन कि सवै आफ्न्तहरुका गहभरी आँशुले भरिएर कोलाहल गदै थिए । अन्त त उनको ज्यान गयो । सबैलाई सधैका लागी छोडेर गइन् चन्दाले ।

कालिकोटबाट प्रेमराज सिमखडाले राजधानी दैनिकका लागि लेखेको समाचार हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार