आशा लाग्दो बजेट

  मूलधार पोष्ट  175 पटक हेरिएको

बजेटकाे समय अवधिमै कार्यनयन हाेला या नहाेला तर अहिले नै त्यसकाे निर्कष निकाल्न सकिदैन, तर बजेटकाे अनुहार जब देखियाे र सुनियाे याे बडा गजबको विकासबादि,आशावादि सिङ्गो रूपमा जनतालाई सुखि र समृद्धि दिने बजेट भनेर बुझ्दा नै उत्तम हाेला । बजेकाे प्रभाव लामाे समयसम्म टिकिरहन जरूरि छ । देशकाे अवस्था व्यवस्था मध्यनजर गर्दै नेपाल सरकारले २०७६/७७ काे बजेट यहि जेठ १५ गते सार्वजनिक गरेकाे छ । बजेट ठुलाे अावस वा सानाे सामान्य बजेटका विषेशता समान खाले हुने गरेकाे अध्यायन अनुसार अनुमान गर्ने सकिन्छ ।

बजेटले नितिप्रदान,ऐतिहासिक,यथार्थवादि कति छ यस बारेमा बजारमा यतिबेला चर्चाकाे विषय बनेको छ ।तर यसका बावजुत बजेटमा समावेश विभित्र स्रोतले केहि,केहि कुराले बजेटलाई बुझ्न समयलाग्ने देखिन्छ १५ खर्ब, ३२ अर्व ९६ कराेड ७१ लाख रूपैयाँ काे बजेट जसमा ९ खर्ब रूपैयाँ राजस्वबाट जुटाउने जुन याेजना छ यसकाे बारेमा पनि अन्याैल नै छ,वैदेशिक अनुदानबाट ५७ अर्ब, वैदेशिक लाेनबाट २ खर्व र अान्तरिक लाेनबाट १ खर्व जुटाउने लक्ष्य ले सबैकाे ध्यानाकर्षण भएकाे देखिन्छ । यसै भित्रकाे एउटा तत्व छ युवा, जुन तत्वलाई बेलाबेलामा भन्ने गरिन्छ देशका मेरूदण्ड, बडा गजबको शब्द जसकाे अर्थ छ तर व्यर्थ पारिएको छ ।याे बजेटमा पनि युवाले ठाउँ त पाएकै छ कुल बजेटकाे १ अर्ब, ७२ कराेड युवालाई सिपमुलक तालिम प्रदान गर्ने भनेर बजेटमै शिर्षक सहित देख्न सकिन्छ ।

याे बजेट, देशअनुसार सानाे हाे तर काम गरेमा यसले देशकाे अार्थिक क्षेत्रमा ठुलाे याेगदान पुग्ने देखिन्छ , याे बजेटकाे कार्यनयन काे पाटाे उनैका हातमा छ जुन हात हिजाे साझ पनि जाेरियाे, अाज विहानै जाेरियाे र भाेलि बाचेमा जाेर्ने निधाे छ । हात नजाेरिएमा न बजेटकाे भाग, न चिन न जान , यदि यि यस्तै तत्वले स्थान नपाएर साच्चिकै सिपमुलक तालिम र सँगै कामहरूकाे मुल्यांकन मात्रै भईदिनेहाे भने याे बजेट नै उदाहरणकाे ठुलाे खुटकिला बन्न सक्छ ।
शुभकामना ! जय युवा !
भिम साउँद ,
केन्द्रिय सदस्य : नेपाल युवा परिषदकार्यक्रम सँयोजक : भिजिट सुदुरपश्चिम ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार