घोडाघोडीमा स्कुल बस दुर्घटना

  मूलधार पोष्ट  264 पटक हेरिएको

कैलाली- जिल्लाको घोडाघोडी नगरपालिका -३ मा मंगलबार बिहान स्कुल बस दुर्घटना भएको छ । सुखडबाट निम्दि जाँदै गरेको से १ ख ३९८ नम्बरको लिटिल एन्जल्स इङलिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ जना विद्यार्थी घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशिले जानकारी दिए ।

जोशीका अनुसार बस विद्यार्थी लिनको लागि त्यस तर्फ गएको थियो । बसको स्टेरिङ रड भाच्चिएर दुर्घटना भएको भएको जोशिले जानकारी दिए । बसमा करिब २५ जना विद्यार्थी रहेका थिए । घाइतेको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै मध्यपहाडि लोकमार्ग को बिनायक सडक खण्डमा ट्रयाक्टर दुर्घटना मध्यपहाडि लोकमार्गको बिनायक सडक खण्डमा ट्रयाक्टर दुर्घटना मा परेको छ । बेल्खेत बाट बिनायकका लागी छुटेको भे १ त ७९८० नम्बरको ट्रयाक्टर बिद्यामन्दी नमुना माध्यामिक बिद्यालय नजीकै सडकबाट पल्टीएको हो ।

स्थानिय ब्यापारी रण बः कडायतको ट्रयाक्टर दुर्घटना हुदा पूर्ण रुपमा क्षेति पुगेको छ । ट्रयाक्टर पूण रुपमा क्षेति भएपनि मानबिय क्ष्ाित भने हुन नपाएको प्रहरीले जनाएको छ । बैल्खेतबाट सिमेन्ट र बालुवा बोकेर आएको ट्रयाक्टर क्षतिग्रस्त बनेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार