ट्राफिक प्रहरी कार्यलयको भवन निर्माण कार्य अन्तीम चरणमा

  मूलधार पोष्ट  212 पटक हेरिएको

एस.पी.गौरब, सर्लाही-सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माणाधिन जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीको भवन निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । २०७० सालबाट निर्माण कार्य सुरु भएको ट्राफिक प्रहरी कार्यलयको भवन अन्तीम चरणमा पुगेको हो । निर्माण उपभोक्ता समितिले २०७० सालबाट सुरु गरेको पक्की भवन नेपाल सरकार र स्थानियबासीको संयुक्त सहयोगमा निर्माण कार्यको अन्तीम चरणमा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले बताउनु भयो ।

डिभिजन वन कार्यलयको मातहतमा रहेको २ कठ्ठा जग्गामा निर्माण भएको भवन आगामी दशैँ अगाडी नै हस्तान्तरण गरि सक्ने लक्ष्य रहेको अध्यक्ष काफ्ले बताउनु भयो । तत्कालीन नेत्रगन्ज गाविसहुदै संसदीय विकास कोष र हाल लालबन्दी नगरपालिकाको गरी रु २४ लाख ५० हजारको आर्थीक सहयोग र स्थानियबासी,स्थानिय व्यापारी व्यावसायीहरुबाट करिब ३ लाख गरी करिब २७ लाख ५० लाखमा ४ कोठो पक्की भवन निर्माण कार्य लगभग सकिएको हो । भने स्थानिबासी तथा स्थानिय व्यापारीहरुले पनि आवश्यक सहयोग गरेका अध्यक्ष काफ्लेले बताउनु भयो ।

ट्राफिक प्रहरी कार्यलयको असहयोगका कारण समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको अध्यक्ष काफ्लेले आरोप लगाउनु भयो । भने ट्राफिक प्रहरी कार्यलय जुन सुकै समयमा पनि सहयोग गर्न तयार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका प्रमुख तथा प्रहरी निरिक्षक राजकुमार साहीले बताउनु भयो । भने आवास भवन मात्र निर्माण भएर आफुहरुलाई सार्ने प्रयास भई रहेको भन्दै त्यो अवस्थामा आफुहरु सर्न नसक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक साहीले बताउनु भयो । आवास भवन निर्माण भएको भएपनि भान्सा घर नबनाउदा सम्म आफुहरु सर्न सक्ने अवस्था नरहने जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक साहीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार