प्रेममा नायिका कसिस (हेर्नुहोस् १२ तश्वीर)

  पत्रपत्रिकाबाट  250 पटक हेरिएको

प्रेम भूमरीमा आधारित ‘मन्द—मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले भनिन् ‘सुटिँगको लागि कडा मेहनत गर्देछु । अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु । यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई हलसम्म तान्नको लागि रोचक ढँगले कथा वस्तुलाई पर्दामा उतार्न यतिखेर निर्देशक तथा प्राविधिकहरु लागी परेका छन् ।

चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका हुन् । बैशाखको तेस्रो साताबाट सुटिँग शुरु भएको यस चलचित्रका मुख्य नायिका कसिस दाहाल सस्पेन्स कथासँग हराइएकी छन् । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिँगमा सक्रिय भूमिका निर्वाह गर्दैछन् ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ भने दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने गरिरहेको छ । कसिसका केहि तश्वीरहरु:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार