एक हप्तासम्म विद्यालय बन्द गर्ने

  मूलधार पोष्ट  389 पटक हेरिएको

कैलाली-अत्यधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मिका कारण विद्यार्थीको पठनपाठन र आवत जावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
जेठ २० देखि जेठ २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको सो कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तीमा उल्लेख छ । धनगढी उप–महानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ (संशोधन सहित नियम ८५ को तीन बमोजिम हिउदे वा बर्षे विदाबाट कट्टा हुने गरि विदा दिन पाउने ब्यबस्था रहेको बताए ।

निर्धारीतमा काम पुरा हुने अबस्था भेटिएन ः नगरप्रमुख ।
धनगढी बिमानस्थलको मर्मत कार्यको अवस्था बुझ्न शनिवार धनगढी उप–महानगरपालिकाका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेका छन् । बिमानस्थल मर्मतको जिम्मा लिएका निर्माण ब्यावसायीले एक साताको थप समय माग गरेपछि धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा दोश्रो पटक निर्माण स्थलमा पुगेका हुन । बिमानस्थलमा दलदल भएका कारण स्टीमेट भन्दा बढी काम गर्नुपरेको र स्थानीयले प्लान्ट तथा ग्रभेल ढुवानीमा अवरोध पु¥याएका कारण निर्धारित समयमा काम पुरा गर्न नसकिने बताउदै आएको थियो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले निर्धारीत समय भित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजिकरणका सबै पुरा गरेको बताए । निर्धारीत समय भित्र गुणस्तरको काम भएको हुनुपर्छ भन्ने दवाब राम्रो हो नगरप्रमुख वडले भने, निर्धारित समयमा काम पुरा हुने संकेत छैन । निर्माण कम्पनी जेठ २८ गतेबाट जहाज संचालनमा आउने प्रतिवद्धता निर्माण कम्पनीले जनाएको नगरप्रमुख वडले बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मर्मतमा आस लाग्दो प्रगती देखिएको भएपनि निर्धारित समयमा काम पुरा हुने अवस्था नरहेको बताए । निर्माण कम्पनीले श्रोत साधन प्रयोग गरेर मर्मतलाई गती दिएको पाईयो प्रमुख जिल्ला अधिकारी बोहराले भने, तर मर्मतमा केहि जटिलता आएकाले काम एक साता लम्बीने देखिएको छ ।

बैशाख २२ गते देखि धावनमार्ग मर्मत भैरहेको छ । यसको अवधी जेठ २१ गते सम्म रहेको थियो । अव एक साताको म्याद थप गरिएकाले जेठ २८ गते काम पुरा गर्नुपर्ने छ । अहिले निर्माण कम्पनीले सबैकाम पुरा गरेर धावनमार्ग कालोपत्रे गरिरहेको छ । धनगढी त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग हो । अहिले धावन मार्ग मर्मत र पाकिङ्ग क्षेत्र विस्तार गरिने काम भैरहेको छ ।

अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ । यस्तै अहिले ३ वटा जहाज पाकिङ्ग व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तारको योजना छ । एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना पनि छ ।

सरसफाईमा धनगढी उप–महानगर र उद्योग वाणिज्य संघको सहकार्य ।
धनगढी उप–महानगरपालिका र उद्योग वाणिज्य संघ कैलालीले नगरको सरसफाईमा सहकार्य थालेका छन् । नगरलाई सफा र स्वच्छ नगर बनाउनका लागि धनगढी उप–महानगरपालिका र उद्योग वाणिज्य संघ कैलालीले थालेको अभियानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्थाको समेत सहभागिता रहने गरेको छ । अभियान अन्तरगत शनिवार चौथो दिन धनगढीमा सरसफाई गरियो । धनगढीको महालक्ष्मी विकास बैंक चोकबाट सुरु भएको सरसफाई अभियान कैलाली नालामा पुगेर सम्पन्न भयो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यो अभियान भएकाले निरन्तर चलिरहने बताए । अहिले पनि जुन ढंगले नागरिकको अभियानमा सहभागिता हुनुपर्ने हो हुन सकेको छैन नगरप्रमुख वडले भने, यसका लागि सहकार्यको दायरा बढाईने छ । नगरप्रमुख वडले नगरका बासिन्दामा सरसफाईमा लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि अभियान संचालन गरिएको बताए । सबै वडा र टोलहरुमा पनि अभियान संचालन गर्न भनेका छौं नगरप्रमुख वडले भने, केहि दिनमा टोलटोलमा अभियान संचालन गरिने छन् ।

कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले सरसफाई अभियान पवित्र भावनाले गरिएकाले सबैको सहभागिता आवश्यक भएको बताए । यो कुनै पार्टी वा नेताले संचालन गरेको रुपमा नबुझ्न म आग्रह गर्दछु महासचिव बिष्टले भने, कसैले राम्रो काम गरेको देखि नसहने प्रबृतीका पछि नलाग्न सबै ब्यापारीमा अनुरोध गर्दछु । सरसफाई अभियान हरेक १५ दिनमा संचालन गरिन्छ ।

धनगढीले करको दायरा बढाउँछ ः उप प्रमुख भट्ट ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा राजश्व परामर्श समितिका संयोजक सुशिला मिश्र भट्टले करको दर भन्दा करको दायरा बढाउने बताएकी छन् । राजश्व शाखाले संचालन गरेको राजश्व सम्वन्धी तालिमको समापनमा बोल्दै राजश्व परामर्श समितिका संयोजक भट्टले करको दायरमा ल्याउन नसकेकाहरुलाई दायरमा ल्याएर राजश्व बृद्धी गरिने बताईन । बिलासिताका ब्यापारमा भने कर बृद्धी गर्नु आवश्यक रहेको राजश्व परामर्श समितिका संयोजक भट्टले बताईन ।

अहिलेले पनि कर तिरेकोमा गर्व गर्ने नागरिक तयार गर्न नसको प्रति चिन्ता ब्यक्त गर्दै राजश्व परामर्श समितिका संयोजक भट्टले यसका लागि सचेतना आवश्यक रहेको बताईन । राजश्व परामर्श समितिका संयोजक भट्टले जनप्रतिनिधी बाहेक कर्मचारीहरुका लागि राखिने कार्यक्रम शनिवारको दिन नराख्न कर्मचारीहरुलाई निर्देशन दिईन । शनिवारको दिन बिदा भएकाले कर्मचारीहरुका कार्यक्रम राख्नु हुदैन ।

धनगढी उप–महानगरपालिका राजश्व शाखाका प्रमुख लेखनाथ ओझाले धनगढी उप–महानगरपालिकाले चालु आर्थिक बर्षमा अन्य स्थानीयतहको भन्दा कर थोरै लगाएको बताए । उनले आगामी आर्थिक बर्षमा पनि धेरै कर बृद्धी गर्नु हुदैन भन्ने पक्षमा आफुहरु रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार