श्रीमतीलाई भेट नपाउदै संसार छोडे मोहनले

  मूलधारपोष्ट  962 पटक हेरिएको

कमल रावल,मुम्बई -भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका आफन्तले बताएका छन ।

गुजरातको वापिमा काम गर्दै आएका मोहन आफ्नो श्रीमति डुप्कि परियार नेपालबाट आफन्तसंग महाराष्ट्रको ठानेसम्म आएपछि लिनका लागि रेल यात्रा गर्दै आइरहेका थिए । घरबाट आफ्को श्रीमती डुप्कि परियार भेटन नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उहाको मृत्यु भएको थियो ।

आइतबार पालघारमा पोष्टमार्टम भएपछि ठाने आफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरिसकेका उनका भाई प्रबिण विकले जानकारि दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार