चोयाकोटका बिद्यार्थीलाइ दिइयो सकरात्मक सोच सम्बन्धि ज्ञान

  मूलधारपोष्ट  240 पटक हेरिएको

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका –३ रहेको चोयाकोट माविमा सकरात्मक सोच सम्बन्धि एक दिने प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ । एन.आई.सी बैंक शाखा बाजुराको सहजकिरण र चोयाकोट माविको आयोजनामा कक्षा सञ्चालन गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत ६० बढी बिद्यार्थीलाई एउटै कक्षामा राखेर पढ्ने बानीको बिकास , विभिन्न कुलतबाट बच्ने उपाए लगाएत बिद्यार्थीको दैनिक जिवनमा आइपर्ने समस्या र तिनको समाधानको लागि गरिने उपाएको बारेमा सहजिकरण गरिएको राष्ट्रिय सहकारी बोर्डका केन्द्रीय सदस्य अमर खड्काले जानकारी दिनुभएको छ ।

बिद्यार्थीहरुलाई सकरात्मक सोच, समाजिक जागरण, शैक्षिक सुधार समाज परिर्वतन गर्न यो कार्यक्रको आयोजना गरिएको विद्यालयले बताएको छ । घर परिवारमा सभ्यता, संस्कृति, मूल्य मान्यता, बोलीचाली र अनुशासनमा बस्न नसक्ने विद्यार्थीहरुलाई असल व्यक्ति बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने खड्काले बताउनुभयो ।

साथै पढाई संगसंगै वित्तिय क्षेत्रका बारेमा पनी जानकारी गराइएको छ । विद्यार्थी जिवनमा आइपर्ने आर्थिक समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा समेत प्रशिक्षण कार्यक्रममा जानकारी दिइएको छ ।
विद्यार्थीले पनि जीवनभर असल विद्यार्थी बन्ने अठोट लिउनु जीवनमा सफल र राष्ट्रमा बिक्ने दक्ष, असल व्यक्ति बन्नका लागि अहोरात्र उत्साह, इच्छा शक्ति, आत्मविश्वास र लगनशीलता भै लक्ष्य प्राप्तिमा लागिरहनु भन्ने उदेश्यले सो कार्यक्रम गरिएको चोयाकोट माविका प्रधानाध्यापक दिमा सुब्बाले जानकारी दिनुभयो । शिक्षक, विद्यार्थी लगवाएत अन्य अभिभावको उपस्थित रहेको प्रशिक्षण कार्यक्रमको सहजिकरण एन.आई.सी एसिया बैंक लिमिटेड बाजुरा शाखाका प्रबन्धक नर परियारले गनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार