अल बिदा गोविन्द जी ! वहाँप्रति भावपूर्ण समवेदना

  मूलधारपोष्ट  856 पटक हेरिएको

काठमाडाैं-ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दुर्घटनामा परेका दुई जनालाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे । तर, उपचारका क्रममा दुवैको मृत्यु भएको उनले जनाए ।

उनका अनुसार कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । थप अनुसन्धान भइरहेको छ । साथै पत्रकार गोविन्दप्रशादको मृत्युप्रति सिंगो मूलधारपोष्ट परिवारको तर्फबाट भावपूर्ण समवेदना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार