आमाबुवालाइ वाइ वाइ गरेर भ्रमण गएका अलिस र विक्रम सधैका लागि विदा भए ! श्रदानजली

  मूलधारपोष्ट  1235 पटक हेरिएको

काठमान्डौ-दिक्तेल टेक्नीकल ईन्स्टिच्युट विद्यालयमा सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमबीच भएर बग्ने मेवाखोलास्थित ९९ मेगावाटको मेवाखोला हाईड्रोपावरमा प्राक्टीकलको लागि लगेको थियो पौडी खेल्नेक्रममा डुवेर ज्यान जानेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका अन्दाजी १८ वर्षका अलिस बस्नेत, र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको बताएको छ ।

क्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएका विद्यार्थी हाईड्रोपावर भन्दा केहीमाथि रहेको खोलाको दहमा पौडी खेल्दा डुबेको जनाइएको छ। खाजा खानेक्रममा दहतिर गएका तीन जनामध्ये दुई जनाको डुबेर मृत्यु भएको हो उनका

सहकर्मीका अनुसार सुरुमा भट्टराई दहमा डुबेको र बचाउन जाँदा बस्नेत पनि डुबेको हो।दुबै जना दहमा डुबेपछि तेस्रो विद्यार्थीले शिक्षक तथा साथीहरुलाई खबर गरेका थिए।खबर पाएपछि घट्नास्थल पुग्दा उनीहरुलाई एउटै दहमा मृत अवस्थामा फेला पारिएको थियोभट्ट राईको शव तैरिएको अवस्थामा तत्काल फेला परे पनि बस्नेतको शव प्रहरी र स्थानीयबासीले दुई घण्टापछि दहको कुनाबाट निकालेको प्रत्यक्षदर्शी निर्मला खड्काले बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार