बजेटकाे सन्दर्भमा उठेका प्रश्न !

  काशी बि.क-  242 पटक हेरिएको

काशी बि.क-सकारात्मक साेच, आवस्यक नीति, उचित निर्णय, सहि याेजना र सम्पुर्णकाे याेगदान तथा ईच्छा शक्ति भयाे भने समृद्ध नेपाल सुखी नेपालीकाे अभिभारा पूरा गर्न सक्छाैं । नयाँ नेपाल निर्माणकाे कुरा गर्ने तर पुरानाे साेच, चिन्तन, बुझाई, पुरानै कार्यशैली, सत्ता, शक्ति र सम्पतिकाे आडमा सहि बिचार, नविनतम कार्यलाई समग्रतामा नबुझेर निरपक्षढंगले विश्लेषण गर्ने भाग्यवादी दृष्टिकाेणबाट मानिसलाई दिग्भ्रमित वनाउने मुलुकलाई हरिकंगाल बनाएर मुलुकलाई परर्निभरता तिर धकेलेकाे मुलुककाे सबै भन्दा प्रजातान्त्रिक तथा लाेकतान्त्रिक पार्टी भन्ने पार्टी अहिले सत्तामा नहुदा सत्ताे सराप गर्दै अहिले गाउँमा आलु खान राती बारीमा दुम्सी पसेझै गाउँमा गाेहीकाे जस्तै आँसु झारेकाे देख्दा देशले भाेगेकाे र नेपाली जनताले ब्यहाेरेकाे बलिदानीपुर्ण ईतिहासकाे याद आयो ।

लेखक :काशी बि.क

ईतिहासमा गद्दारी गर्नेलाई जनताले एकपटक अवस्य दण्डित गर्दा रहेछन भन्ने कुरा आफैले अनुभुत गरे । एक सच्चा देश भक्त, विकासप्रेमी, परिवर्तनकामी राजनीतिक पार्टी, संगठन, संस्था, ब्यक्तिहरूले आ.व.२०७६/०७७ का लागि संसद र राष्ट्रिय सभाकाे सयुक्त बैठकमा प्रस्तुत बजेटकाे सन्दर्भमा उठेका प्रश्न,जिज्ञासा, आसङ्का र पृष्ठपाेषण सुन्दा प्रमुख प्रतिपक्ष दलले २०५१ सालकाे कम्युनिष्टकाे सरकारले जनमुखि कार्यक्रम आफ्नाे गाउँ आफै बनाउ, नाै सकाे कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, दलित, महिला, बालबालिका, जेष्ठजागरिक, मधेसी, जनजातीमुखि बजेट र नीति तथा कार्यक्रम ल्याउदा राज्यकाे ढुकुटी समाप्त पार्याे भनेर जनपृय सरकारलाई नाै महिनामा सरकारबाट हटाउने काम भयाे र देशलाई राजनीतिक अस्थिरता मात्र हाईन आन्तरिक द्वन्द्धमा फसाउने काम भयाे जसकाे परिणाम स्वरूप देशले ठुलाे मननविय, आर्थिक, भाैतिक क्षेति ब्यहाेर्याे ।

२०६२/०६३ काे शान्तिपुर्ण महान जनअान्दाेलन र त्यस बिचमा भएका बलिदानपुर्ण संघर्षले हामी सबै नेपाली संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालमा अाईपुग्याैं । अहिले हामी संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे अभ्यास र राष्ट्र निर्माणमा जुटेका छाैं । यश महत्वपुर्ण एतिहासिक समयमा हामीले गल्ती भुलेर पनि गर्नु हुदैन । गल्तीलाई दाेहर्याैं भने नेपाली जनाता माथीकाे घाेर अन्याय हुने छ र प्रतिक्रियावादी, यथास्थिवादी, जडसुत्रवादी, विस्तारवादी शक्तिहरू सलबलाउने छन र मुलुक अस्थिरता तर्फ जानेछ र प्राप्त उपलब्धीहरू गुम्नेछन ।

नीति तथा कार्यक्रम र बजेटलाई जनताकाे हितमा र आमुल परिवर्तनमा अधिकतम उपयाेग गर्ने कार्यन्वयन पक्षलाई खबरदारी र उचित समयमा उचित सल्लाह दिनु सहि र परम कर्तब्य हुनेछ खाली उछिनाे काटेर कहिले बितरणमुखि बजेट र कहिले खर्च गर्न नसकिने बजेट भन्ने अस्थिरताकाे बाटाे जाने कुरा किमार्थ राम्राे हुन सक्दैन । जनताकाे मन जिताैं । जनताकाे भावनाकाे उच्च सम्मान गराैं जनता प्रति पुर्णजवाफदेहि बनाै यसैमा सबैकाे राजनीतिक भविस्य छ । सबैमा हार्दिक अभिवादन !लेखक: बिक गैर सरकारी संस्था  महासघ‌ केन्द्रिय सदस्य हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार